हिमांशु राय, मोरङ । बेलबारी नगरपालिका २ किस्तीपुल स्थित पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोकतर्फ जाँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८ प ६१३२ नं. स्कुटरलाई किच्दा चालक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा खुकु घर भई धरान १५ मा बस्दै आएकी ४३ बर्षिया भिमा राई रहेकी प्रहरीले जनाएको छ ।
उनको कोशी अस्पताल बिरानगरमा उपचारका क्रममा मृत्यु भएको हो । विपरित दिशाबाट आउदै गरेको मे १ ख २७९१ नम्बरको बसमा ठोक्किएर लडेकी राईलाई टिपरले किचेर मृत्यु भएको हो । बसका चालक मेचीनगर ७ का ४० बर्षिय नेत्र दर्जी र बस प्रहरी नियन्त्रणमा रहेको छ ।
