Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कार्तिक १२ देखि हुने धरमपुर मिनी महोत्सवको तयारी तीव्र, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक खेलको आकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2024
348

झापा। धरमपुर सामुदायिक विकास संस्थाको मुख्य आयोजना अन्तर्गत स्थानीय हाटबजार, उद्यमी, व्यापारी, व्यवसायी, र युवाहरूको सामूहिक पहलमा यो महोत्सव आयोजना गरिने भएको छ। महोत्सवको तयारी र व्यवस्थापनबारे जानकारी गराउन धरमपुरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

धरमपुर सामुदायिक विकास संस्थाका अध्यक्ष दुर्गा नेम्बाङले महोत्सवको उद्देश्य धरमपुर चौक र आसपासका क्षेत्रका अपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्नु रहेको बताए। यो महोत्सव कार्तिक १२ गतेदेखि २४ गतेसम्म तिहारको अवसर पारेर सञ्चालन हुनेछ। महोत्सवमा सिसी क्यामेरा र रात्रीकालीन सडकबत्ती जडान जस्ता पूर्वाधारहरू पनि निर्माण गरिने छ।

महोत्सव सञ्चालनका लागि उपसमिति गठन गरिएको छ जसको संयोजक शुक्रराज नेम्बाङ छन्। महोत्सवमा स्थानीय जातजातिका सांस्कृतिक पहिरन र नृत्यहरू प्रस्तुत हुनेछन्। मनोरञ्जनात्मक खेलहरू पनि आयोजना हुनेछन् जसमध्ये हाउजी, पिङ, लक्की सिक्स मुख्य छन्।

राष्ट्रिय स्तरका चर्चित गायक, गायिका, तथा कलाकारहरूको पनि उपस्थित हुने भनिए पनि, पत्रकार सम्मेलनमा तिनका नाम भने खुलाइएको थिएन।

सो पत्रकार सम्मेलनमा धरमपुर सामुदायीक विकास संस्थाका उपाध्यक्ष एबम् कानून व्यवसायी ज्ञानेन्द्र तिम्सिनाका अनुसार धरमपुर महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। जसमध्ये प्रचारप्रसार, स्वयम्सेवक व्यवस्थापन, सवारी पार्किङ व्यवस्थापन, स्टल बुकिङ व्यवस्थापन आदि समावेश छन्। महोत्सव सञ्चालनका लागि अनुमानित रु १० लाख खर्च हुनेछ र उद्घाटन नगर प्रमुख मेघाहाङ थोप्राले गर्नुहुने भएको छ।

पत्रकार सम्मेलनमा शिबसताक्षी–१ का जनप्रतिनिधि (वडा सदस्य) पूर्णजङ चेम्जोङ, चलचित्र कलाकार तथा द्धन्द्ध निर्देशक धिरज परियार, स्थानीय व्यवसायी तथा कलाकार पृथ्बी बोहोरा, युवा व्यवसायी सुमन चेम्जोङ लागयतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved