डिकेन्द्र बस्नेत, झापा । विश्व पोलियो दिवसको सन्दर्भ पारेर दमक र उर्लाबारी रोटरी तथा रोट्रयाक्ट क्लबले सयुक्त रूपमा दमक र उर्लाबारी बजारमा र्याली तथा सचेतना कार्यक्रम गरि पोलियो उन्मुलन दिवश मनाएको छ ।
दमकको गोर्खा डिपार्टमेन्टको पमा मोटरसाईकल सचेतना र्यालीको उद्घाटन गरी उर्लावारीमा समापन गरेको थियो । रोटरी डिस्ट्रिकका रिजनल ट्रेनिङ सह–अध्यक्ष दिपु सन्दिप चापागाईले पोलियोको बिषयमा कुरा राख्दै कार्यक्रमको औचित्व दर्शाएका थिए । रोटरी दमकका अध्यक्ष रोटरियन विक्रमकुमार शाहले स्वागत मन्तव्य राखेर उद्घाटन गरिएको कार्यक्रमको समापन उर्लाबारीका अध्यक्ष मुकुन्द निरौला र कार्यक्रम संयोजक सुमन पौडेलले गरेका थिए ।
कार्यक्रममा रोटरीको बर्तमान कार्य समिति पदाधिकारी तथा पूर्व अध्यक्ष तथा पदाधिकारीहरु डा.मुक्ति भट्टराई, नविनकुमार श्रेष्ठ, गंगाप्रसाद काफ्ले, प्रेम देवकोटा, पदम बराल, सचिवमा प्रेम देवकोटा, भेषराज न्यौपाने, रमा लिम्बू, विकास अग्रवाल, शान्तिराम निरौला, सन्जु पराजुली, लगायत उपश्थिति रहेको
थियो ।
विश्व पोलियो दिवस अक्टोबर २४ मा विश्वभरी मनाइन्छ । यो दिवस मनाउनुको उदेश्य पोलियो उन्मुलनबारे जनचेतना फैलाउनु त हो नै साथै विश्व स्वास्थ संगठन तथा अन्य संगठनमार्फत यो उदेश्य हासिल गर्न लागि परेका हजारौं स्वयमसेवकप्रति सम्मान देखाउनु पनि हो । यसका साथै अक्टोबर २४ अमेरिकी चिकित्सा क्षेत्रका अनुसन्धानदाता तथा भाइरलोजिस्ट जोनास सल्कको जन्मोत्सव पनि हो । उनले नै पहिलोपटक सफल पोलियो खोपको आविष्कार र विकास गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले सन् २०१८ को विश्व पोलियो दिवसको नारा ‘अहिले पोलियो अन्त्य गरौं’ दिएको थियो । सोही नारालाई अहिले फलो गरिरहिएको छ ।
