Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निरौला हत्या प्रकरण – हत्यारालाई राजनीतिक संरक्षणको शंका, पक्राउ नगरे सम्म शव नबुझ्ने परिवारको अडान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2024
123 shares

डिकेन्द्र बस्नेत, दमक। झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणले चर्को रुप लिन थालेको छ । घट्नाको आज तेस्रो दिन पनि मृतक परिवारले प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै शव नबुझ्ने अडान लिएका छन् । जसका कारण मृतक निरौलाको शव पोष्टमार्टम हुन सकेको छैन ।

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएका मध्ये केही सत्तारुढ नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने अड्कलबाजी थालेको छ ।

त्यसो त इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेर प्रहरीमाथिनै शंका उत्पन्न गराएको थियो । बुधबार बिहान करिब ७ बजेनै इलाका प्रहरी कार्यालय दमक परिसरमा पुगेका दमक ७ का वडाध्यक्ष भिम पौडेलले हत्याको घट्नालाई सामान्यरुपमा नलिई पीडित पक्षको जाहेरी दर्ता गरी उपलब्ध प्रमाणहरुका आधारमा अनुसन्धानको क्रम शुरु गर्न प्रहरी अधिकारीहरुलाई सुझाएका थिए ।
तर प्रहरीले दिनभर जाहेरीमा उल्लेखित कतिपय नामहरु ह्टाएर मात्रै दर्ता गर्न सकिने प्रतिक्रिया दिएपछि दिनभर जसो मृतककी श्रीमती कृष्णमायासहित आफन्त र उनका शुभचिन्तकहरुले प्रहरी कार्यालय घेराउ गरि प्रहरीलाई खबरदारी गरेका थिए ।
स्थानीयहरुको खबरदारीपछि प्रहरीले दर्ता गरेको किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरु मध्ये सीसि फुटेजबाट समेत कुटपिटमा संलग्नको पहिचान भएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाई र केन्द्रिय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापा लगायतको नाम छ । तर उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन । विवादित भनिएको जग्गा (घट्नास्थल)को दृश्य दमक वडा नं ३ स्थित मावा पूलबाट करिब २ सय मिटर नजिकैको क्रियाकलापहरु देख्न सकिन्छ ।

दमकबाट मधुमल्ला जाने मुल सडक छेवैमा करिब ८÷१० जनाको समुहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडी भागमा चार÷ पाँच पटक मुक्काले हानेको दृश्य घटनास्थल नजिकैको सीसी क्यामेरामा कैद भएको छ ।

अन्तिम पटक भुइँबाट ढुंगा टिपेर एक युवकले हान्दा निरौला भुइँमा ढलेको दृश्य देख्न सकिन्छ । उनीमाथि कुटपिट हुनु अघि त्यहाँँ दुई वटा गाडीमा केही मानिसहरु पुगेको र सेतो गाडीको पछाडीको भागबाट ओर्लिएका एक व्यक्तिसहित अर्का एक जना निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिन्छन् । ति गाडीमा जाने व्यक्ति दमकका नम चेम्जोङसहितको समुह भएको चिनिन्छ ।
अपराध अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले भने उनीहरुको पहिचान गरे नगरेको बारे सार्वजनिक भएको छैन ।

गाडीबाट ओर्लिएर त्यहाँ जेसीबि लगाएर माटो खन्ने/पुर्ने काम गर्दै गरेको स्थल तर्फ ति मानिसहरु गएका र सोही क्षेत्रमा रहेका निरौलासँग संवाद भएको अनुमान छ तर उनीहरुबीच के संवाद भयो ? भन्ने खुलेको छैन ।

त्यहाँ दमक तर्फबाट गएका दुई वटा गाडी नजिक नजिकै रोकिएका र निरौलामाथि कुटपिट भइ अन्तिममा ढुंगाले टाउकोको पछाडी भागमा प्रहार गरेको देखिन्छ । स्थानीय प्रत्यक्षदर्शी जानकारहरुका अनुसार सो ठाउँमा लामो समयदेखि जग्गा सम्बन्धि विवाद छ ।
मावा खोलाबाट नजिकैको सो क्षेत्रमा केही ऐलानी प्रति सार्वजनिक जग्गा पनि छ । तर त्यस क्षेत्रको विवादित भनिएको जग्गा नम्बरी भएको बताइएको छ ।

घट्नाका प्रत्यक्षदर्शीहरुका अनुसार सो जग्गामा उर्लाबारीका प्रकाश कार्कीसहितको समुहले सो दिन जेसीवि ल्याएर माटो सम्याउने, पुर्ने काम गर्दै गरेको सूचना पाएपछि दमकका चेम्जोङसहित दुई वटा गाडीमा केही मानिसहरु त्यहाँ पुगेका थिए । उनीहरु त्यहाँ पुगेपछि शुरुमा केहीबेर त्यहाँ दमकका चेम्जोङसहितका समर्थक र उर्लाबारीका कार्कीसहितको समुहका समर्थकबीच चर्काचर्की भएको र विवाद साम्य भए जस्तो अनुमान लगाएका थिए आसपासका मानिसहरुले । तर पछि राजु नेम्वाङ भनिने शेरबहादुर नेम्बाङ लिम्बु र सेतो गाडीमा आएका अर्का एक जनाले एकैसाथ निरौलामाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट ढलेका उनलाई तत्काल घट्नास्थलमा रहेको समुहका उर्लाबारीका कार्कीसहित दुई जनाले त्यहाँ रहेको गाडीमा हालेर अस्पताल तर्फ लैजान खोजेका र गाडीमा लैजान गाडी धनी÷चालकले अस्विकार गरेपछि बाटोमा गुडिरहेको अटो रोकेर आम्दा अस्पताल तर्फ ल्याएका थिए । अस्पतालमा ल्याउनसाथ चिकित्सकहरुले निरौलालाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved