डिकेन्द्र बस्नेत,झापा। जग्गाकाे विषयलाई लिएर साथी साथि बिचमा भएको सामान्य विवादमा झगडा हुँदा दमक ९ निवासी ३३ वर्षिय देशु भनिने यमु निरौलाको हत्या भएको छ ।
दमक -३ मावा खोला किनार रहेको जग्गामा उर्लाबारी -६ जनपथ टोल निवासी प्रकाश कार्की जेसिबी लिएर सरसफाइ गर्दै गरेको अवस्थामा आफ्नै साथी निरौला संग भनाभन भएपछि कार्कीले मुक्का प्रहार गरेको र सोही प्रहार बाट मृत्यु भएको हो ।
घटना बारे कार्किलाई तत्काल पक्राउ गरि अनुसन्धान सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको दमक प्रहरीले जनाएको छ ।
