डिकेन्द्र बस्नेत,झापा।झापाको कमल गाउँपालिका ३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार बुवाछोरीलाई काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थल यति बेला तनावग्रस्त बनेको छ भने पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ। भने केर्खामा रहेको २ वटा ट्राफिक प्रहरी पोस्ट जलेर नस्ट भएकाे छ।

