Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वडीआईजी छविलाल जोशीसँग आजकाे बयान सकियाे‍

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 22, 2024
290

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । पोखराबाट बयानकै लागि रुपन्देही ल्याइएका उनीसँग मंगलबार झन्डै ८ घण्टासम्म बयान लिइएको हो ।

बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म बयानका क्रममा जोशीसँग विभिन्न ५७  प्रश्न सोधिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जोशीको बयान सकिएकाले अब कास्कीमै फिर्ता पठाउने रातोपाटीलाई बताए । ‘हामीले लिनुपर्ने बयान अहिले सकिएको छ,’ उनले भने, ‘अब प्रहरीले थप अनुसन्धान गर्न सक्छ ।’

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको हिनामिनामा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले उनलाई सोमबार बुद्ध एयरको विमानमार्फत भैरहवा ल्याएको थियो ।

उनलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालयमै राखिने र बुधबार विमानबाटै पोखरा पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले  बताए ।

गोर्खा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेसँगै जोशी पनि साझेदार थिए । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन् । सुप्रिम सहकारीको रकम हिनामिनासम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई पोखराबाट भैरहवामा ल्याइएको हो ।

जोशी गत असोज ६ गते पक्राउ परेका हुन् । उनी पोखरामा प्रहरी हिरासतमा थिए । उनलाई अदालतले कार्तिक ८ गतेसम्म अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

 यस्ताे छ जाेशीकाे बयान 

जिल्ला सरकारी वकिल कार्यालयले पूर्वडीआईजी जोशीसँग लामो बयान लिएको छ । उनीसँग ५७ वटा प्रश्न गरिएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

पोखराको सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ ।

त्योमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीका नाममा देखिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सोही सम्बन्धमा जोशीसँग बयान लिइएको हो । तर जोशीले सहकारी रकम लिएर टिभी चलाउने विषयमा आफ्नो योजना नभएको जिकिर गरेको स्रोत बताउँछ । उनी पूर्वगृहमन्त्री रवि लामिछाने र जीबी राईको विषयमा मौन बसेका छन् । स्रोत भन्छ, ‘आफूमाथि लागेको आरोपमा इन्कार गर्नुका साथै उनले अरूलाई आरोप लगाउने काम पनि गरेनन् ।’

रकम हिनामिना गर्ने मुख्य योजना कसको भन्ने प्रश्नमा समेत उनले आफ्नो त्यस्तो योजना नरहेको जिकिर गरेका थिए । हिनामिनाका मुख्य योजनाकारका विषयमा पनि उनले केही बताएनन् ।

न्यायाधिवक्ता प्रेमराज पौडेलसहित इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीले जोशीको बयान लिएका थिए ।

सुप्रिम सहकारीको ९३ करोड रकम हिनामिना भएको भन्दै २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त मुद्दामा आरोपित ८ जना पक्राउ परेका छन् । जसमा अध्यक्ष ओम प्रकाश गुरुङ जिल्ला कारागार रुपन्देहीमा छन् । दीपेश पुन सहितका ७ जना धरौटीमा रिहा भएका छन् । जेबी राईसहित बाँकी आरोपित अझै फरार छन् । अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई कास्कीबाट अब केही दिनमै रुपन्देही ल्याउने योजनामा प्रहरी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved