काठमाडौं।ललितपुरकाे भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको मृत्यु भएपछि पाँच करोड क्षतिपूर्ति माग गरेका छन्।
ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मुटुको उपचार र किड्नीको डायलाइसिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेको छ।
जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको थियो ।
असोज १ गते उक्त अस्पतालमा भर्ना भएका उनलार्ई मुटुको इसीजी गराइएको थियो। बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएयो। असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराए तर परिवारका सदस्यहरूलाई पनि भेट गर्न नदिएकाे परिवारकाे गुनासाे छ।
