कृष्ण कुँवर । पर्वत जिल्ला फलेवास नगरपालिका २ (थापाठाना, बान्द्रे) का ११ वर्षिय बालक अनिस कुँवरको घांटीमा क्यान्सर हुँदा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ।
नसोचेको समयमा मानिसको जीवनमा विपत्ति आउने! भोली कसलाई के हुनेहो के थाहा? गरिबिले प्रहार गरेर घाईते भएकालाई नै रोगले प्रहार गरेको छ।
बालक अनिसको घाँटीमा क्यान्सरको कारण भरतपुर क्यान्सर अस्पतालमा पटक-पटक उपचार र अप्रेसन गराउँदा समेत निको भएन। थप उपचारका लागि दिल्ली लैजानुपर्ने तर परिवारसँग साथमा रहेको दुई-चार पैसा पनि दुई वर्षसम्म उपचार गर्दा आफुसंग भएको पुरै खर्च भएर ऋणभार समेत थपिएको छ।
अनिसका बुबा शस बहादुर कुँवर र आमा यशोधा कुँवर फलेवास थापाठानामा सामान्य खेती-किसान गरेर जीविका चलाईरहेको बेला अचानक विपत्ति आईदियो। आफ्नो नौ वर्षको छोरा अचानक रोगले थलियपछी बालककी आमा यशोधा यो रोग छोराको सट्टा मलाई नै लागेको भए हुनेथियो भन्दै रुने गर्छिन्।
पिंडा लुकाऊँदै बुबा शस बहादुरले जसो-तसो उपचार गराईरहेका थिए तर थप उपचार गर्नको लागी आर्थिक समस्या हुँदा, उपचारको लागी साथीभाई, आफन्त, स्टमित्र, सबै मनकारी मनहरुसंग थोरै-धेरै सहयोगको अपेक्षा राखेका छन्।
फलेवास नगरपालिका २ का वडाअध्यक्ष गंगा नारायण श्रेष्ठले बालक अनिस कुँवरको परिवारको आर्थिक स्रोत नभएको र उपचारमा धेरै खर्च लाग्ने भएकोले उपचारको खर्च व्यवस्थापन गरिदिन सबैलाई आग्रह गरेका छन्। सहयोगको लागी महलाल कुँवर ९८६१४७७११८(व्हाट्सएप)
लाई संपर्क गर्न या मुक्तिनाथ विकाश बैंकको बिरामीको खाता नम्मर ०२१२०७०११४७५१००००००१ANISH KUNWAR मा सहयोग गर्न सक्नुहुनेछ।
