Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाजरिन युथ इन्टरनेसनलको आयोजनामा दमकमा रक्तदान शिविर सम्पन्न, ८६ पाउण्ड रगत संकलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 18, 2024
[webverse_shares]

डिकेन्द्र बस्नेत, झापा । नाजरिन युथ इन्टरनेसनलको आयोजनमा १ दिने रक्तदान शिविर आज(शुक्रबार) दमक १ स्थित नाजरिन चर्चको सभा हलमा सम्पन्न भएको छ । उक्त शिविरमा ८६ पाउण्ड रगत संकलन भएको छ जसमा १९ जना महिला र ६६ जना पुरुषले आफ्नो अमुल्य रगत दान गरेका छन ।

कार्यक्रममा नाजरिन युथ इन्टरनेसनल पुर्व तराई संयोजक विशाल राईले सभा अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिमा नाजरीन युवा संगति नेपालका संयोजक रेभरेण्ड बिरेन राई थिए ।

शिविरको विशिष्ट अतिथि दमक नगर ईसाई समाज अध्यक्ष पास्टर हेमन्त सुब्बा थिए साथै अन्य अतिथिहरुमा दमक ईसाई समाजका उपाध्यक्ष पास्टर राम राई, दमक नगरपालिका वडा नं. ७ कि वडा सदस्य तारा रणपहेलि, वडा सदस्य मान बहादुर खवास, रेडक्रस सोसाइटी दमक उपशाखा प्रमुख सिद्धार्थ दहाल, लेटस गो एन वाई आई (Let´s Go NYI) पूर्व तराई नाजरीनका संयोजक एल्डर अर्पण राई, दमक नगर ईसाई समाज संचार विभाग संयोजक पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत, चुलाचुली इसाई समाज युवा संगति अध्यक्ष डेनि राई, रेडक्रस सोसाइटी दमक उपशाखाकि टेक्निसियन कोर्डिनेटर कल्पना न्यौपाने साथै पूर्व तराई नाजरीनको मण्डलीका पास्टर तथा स्थानीय मण्डलीका पास्टर तथा अगुवाहरुको आतिथ्यता रहेको थियोे ।

प्रमुख अतिथि रेभ. बिरेन राईका अनुसार, नाजरिन चर्चका विभिन्न विभागहरूले सामाजिक सेवा गर्ने निर्णयअनुसार यो रक्तदान कार्यक्रम गरिएको हो। यसअघि नगर सरसफाइ, वृक्षरोपण, र विपद् व्यवस्थापनको कार्यहरू समेत गरिसकिएको छ। नाजरिन युथ इन्टरनेशनलले नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको र यो दोस्रो पटकको कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य तत्कालीन आवश्यकता अनुसार सहज रूपमा रगत उपलब्ध गराउन र मानिसहरूको जीवन बचाउन सहयोग पुर्याउनु हो। अध्यात्मिक क्षेत्र भएकोले नाजरिन चर्च र यसको विभिन्न विभागहरूले चेलापन तालिम, अगुवापन तालिम, सेमिनार, र गोष्ठीहरू जस्ता कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन गर्दै आएका छन्। यी कार्यक्रमहरूले सदस्यहरूलाई आत्मिक रूपमा परिपक्व बनाउन, अगुवाइको क्षमता वृद्धि गर्न, र समुदायमा सेवा र सहयोगको भावना जागरूक गराउन मद्दत पुर्याउँछन्।

नाजरिन युथ इन्टरनेशनल (NYI) का संयोजक अर्पण राईले भने, “हामीले देखिरहेका छौं कि रगतको अभावका कारण धेरै मानिसहरू कष्ट भोग्नुपरेको छ, र केहीले अकालमा ज्यान समेत गुमाउनुपरेको छ। यस परिस्थितिलाई ध्यानमा राख्दै, हामीसँग भएको रगत दिन मिलुञ्जेल दान गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यसले समाजमा सकारात्मक प्रभाव पार्नेछ र रगतको आपूर्ति सहज बनाउन योगदान पुर्याउनेछ।”

सो कार्यक्रमलाई सफल बनाउन देश तथा विदेशबाट आर्थिक सहयोग पुर्याउनेहरुलाई आयोजक समुहले मायाको चिनो स्वरूप NYI अंकित टिसर्ट प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved