Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धर्मगुरु झलकमान राईलाई माेटरसाईकल प्रदान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 17, 2024
102 shares

सुनसरी । पवित्र पाष्टर अगुवा संघको ५१ औं वार्षिक पवित्र सम्मेलन असोज २४, २५ र २६ गते धरान पवित्र चर्चमा सम्पन्न भएको छ । पूर्वी नेपालमा पहिलो चर्चका रुपमा स्थापित धरान चर्च नै अहिले धरान पवित्र चर्चका रुपमा परिचित छ । यस मण्डलीको धनकुटा, उदयपुर, भोजपुर, धनुषा लगायतका विभिन्न जिल्लामा २४ वटा भन्दा बढि मण्डलीहरु पवित्र संघमा आबद्ध भएका छन् ।

प्रेरित डि.आर. थुलुङको अगुवाईमा शुरु भएका चर्चहरु ५१ वर्षदेखि वार्षिक सम्मेलन गर्दै आइरहेका छन् । वि.सं. २०२५ सालबाट धरानमा शुरु भएको मण्डलीबाट सेवा गरेर हाल धरान तथा आसपासमा थुप्रै मण्डलीहरु स्थापित भएका छन् । मण्डली बृद्धिका क्रममा विभिन्न क्षेत्रमा सेवा संगति गर्दै आएका मध्ये पवित्र पाष्टर अगुवा संघमा आबद्ध भएका मण्डलीहरुले वार्षिक रुपमा भेला भएर परमेश्वरको बचन सुन्ने, एक आपसमा शिक्षा, विधि र दुःखसुखका भलाकुसारी गर्ने तथा भावी योजना बनाउने गरेको पवित्र पाष्टर अगुवा संघका सचिव पा. दान बहादुर राईले बताए ।
यस पटकको मुख्य वक्ताका रुपमा पवित्र पाष्टर अगुवा संघका अध्यक्ष तथा धरान पवित्र चर्चका विशप ज्योती थुलुङ मुख्य वक्ताका रुपमा रहेका थिए भने युवा अगुवा पेरेस थुलुङले पनि सिकाएका थिए । एनसीसी चर्चका पाष्टर पावल लामाले जीवन गवाही प्रस्तुत गरेका थिए ।

“येशू फेरि आउँदै हुनुहुन्छ” भन्ने सम्मेलनको मुख्य प्रसंग रहेको थियो । सम्मेलनमा प्रभु येशु ख्रीष्टको दोस्रो आगमन बादलमा हुने र त्यसका लागि हरेक मण्डली तम्तयार रहनुपर्नेमा जोड दिइएको थियो । सम्मेलनभरी सोही विषयमा केन्द्रीत भएर वक्ताहरुले बाइबलीय शिक्षा प्रदान गरेका थिए ।

सम्मेलनमा डुँडखोला पवित्र चर्च उदयपुरका पाष्टर झलकमान राईलाई मोटरसाइकल प्रदान गरिएको छ । पवित्र पाष्टर अगुवा संघमा आवद्ध मण्डलीको आर्थिक सहयोगमा पाष्टर झलकमान राईलाई हण्डा कम्पनीको स्प्लेण्डर मोटरसाइकल प्रदान गरिएको हो । सम्मेलनका अवसरमा प्रत्येक वर्ष एक जना पाष्टरलाई मोटर साइकल प्रदान गर्दै आएको अध्यक्ष विशप ज्योती थुलुङले जानकारी दिए ।

सम्मेलनमा पवित्र मण्डलीका सयौं अगुवा तथा पाष्टरहरुको सहभागिता थियो भने सम्मेलनमा धरान इसाई पाष्टर अगुवा संघका उपाध्यक्ष पा. कुलबहादुर सुनुवार, सचिव पा. गिदोन लामिछाने, कोषाध्यक्ष पा. प्रेम लोहार, सदस्य पा. पावल लामा, धुर्वप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक सम्मेलनमा सहभागिहरु निकै उत्साहित थिए भने मुख्य प्रसंग येशु फेरि आउदै हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भई आशिषित भएको बताए ।

विशप ज्योती थुलुङको अध्यक्षता तथा प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका अगुवा तथा पाष्टरहरुले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved