Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँकरभिट्टामा अनाथ, असहाय बालबालिका सेवा सम्बन्धी “महान आज्ञा कार्यशाला” सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 15, 2024
[webverse_shares]

झापा । झापाको काँकरभिट्टामा रहेको कृपा फ्री मेथोडिस्ट चर्च भवनमा ग्लोबल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा “महान आज्ञा कार्यशाला” सम्पन्न भएको छ। यो कार्यशालाको उद्देश्य अनाथ, असहाय, असक्त बालबालिकाहरू, एकल महिला, र गरिब बालबालिकाहरूको सेवा गर्नु हो।

कार्यशालाको मुख्य थिम “आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्ने थियो, जसलाई अर्गनाइजेसनका निर्देशक रेभ. सिमसन तामाङले सबैले समर्थन गर्नुपर्ने बताउनुभएको थियो।

कार्यक्रममा पोषण विशेषज्ञ डा. गोबिन्द बहादुर गजमेरले बालबालिकाहरूको पोषण, स्वास्थ्य, र तिनका भावनात्मक चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो।

उहाँले बाल- बालिकाहरूलाई परिवारमा असल शिक्षा, प्रेम, र सहानुभूति प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो। प्राकृतिक विपद् वा अन्य कारणले अनाथ भएका बालबालिकाहरूमा देखिने मानसिक तनावलाई सम्बोधन गर्न प्रेम, सहानुभूति, र उचित उपचार आवश्यक हुने कुरा पनि उठाइएको थियो।

कार्यक्रमको उद्देश्य र मिसन

कार्यक्रममा ग्लोबल अर्फन रिलिफ अर्गनाइजेसनले नेपालमा रहेका अनाथ बालबालिकाहरूलाई प्रेम र सेवाको माध्यमबाट सहयोग गर्ने र तिनको आत्मिक, शारीरिक, र भावनात्मक उपचारको पहल गर्ने मुख्य मिशन रहेको बताइएको थियो। यस मिशन अन्तर्गत सडकमा रहेका बालबालिकाहरू, बुबा-आमा गुमाएका बालबालिका, तथा समाजमा रहेका गरिब बालबालिकाहरूको हेरचाह र घरमा आधारित सेवा प्रदान गरिनेछ। साथै, गरीब बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न र पोषणको व्यवस्था मिलाउन अर्गनाइजेसनले काम गर्नेछ।

प्रशिक्षण र सामाजिक उत्तरदायित्व

कार्यक्रममा बालबालिका कानूनी परामर्शदाता, बाल-मनोरोग विशेषज्ञ, र सामाजिक अभियन्ताहरूबाट प्रशिक्षण प्रदान गरिएको थियो। बालबालिकाका अधिकार, उनीहरूको शिक्षा, स्वास्थ्य, पालनपोषण, खेलकुद, मनोरञ्जन, र सर्वाङ्गीण विकासका विषयमा कानूनी सल्लाह दिइएको थियो।

बालबालिका ऐन २०७५ मा आधारित जानकारीमा अधिवक्ता प्रेम प्रसाद बिमलीले बालबालिकाहरूको हक र अधिकारका बारेमा जानकारी गराउँदै बालबालिकालाई शोषणबाट जोगाउन र उनीहरूको पहिचानसहितको जन्मदर्ता, शिक्षा, स्वास्थ्य, र उचित हेरचाहको हक सुनिश्चित गर्ने प्रावधानबारे चर्चा गर्नुभएको थियो। उहाँले अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष संरक्षण दिनुपर्ने अधिकार नेपालको संविधानले प्रदान गरेको बताउनुभयो।

महान आज्ञा कार्यशाला

महान आज्ञा कार्यशालाले बाइबलीय दृष्टिकोणबाट समाजमा अनाथ, असाहाय, र विधवा व्यक्तिहरूको हेरचाहको जिम्मेवारी चर्चले लिनुपर्नेमा जोड दिएको थियो। रेभ. शमूएल तामाङले यशैया १:१७ बाट सन्देश बाँड्दै, “टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोल,” भन्ने वचनलाई मनन गर्न आग्रह गर्नुभएको थियो। उहाँले समाजमा अनाथ बालबालिकालाई उपेक्षा गर्न नहुने र तिनको पक्षमा काम गर्दा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो।

कार्यक्रममा पास्टर बिजय घतानीले गीत प्रस्तुत गर्दै दर्शकहरूलाई स्फुर्त बनाउनुभएको थियो भने, कार्यक्रमको सञ्चालन पास्टर कुबिरमान राईले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved