Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एग्राे संचालक संग नगर प्रमुख सहितकाे मिलेमताेमा १ कराेड झ्वाम – अख्तियारमा दिईयाे उजुरि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
45 shares

मोरङ सम्बाददाता, बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अष्ट्रेलियाबाट ल्याएको फुल ब्लड अष्ट्रेलियन बोयर भन्दै नगरपालिकाले किसानलाई बोकापाठी वितरण गर्दा घोटाला भएको दावी सहित बेलबारीका ६ जना युवाहरुले आइतबार अख्तियारको इटहरी कार्यालयमा उजुरी दिएका छन् ।

उनीहरुले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह,बेलबारी १ का उत्तम गिरी,ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदिप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानविन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बावुराम खतिवडाले पनि बेलबारी बोयर काण्डका विषयमा उजुरी आएको जानकारी दिनुभएको छ । अब यसबारे अख्तियारले आवश्यक प्रकृयाहरु अघि बढाउने खतिवडाले जानकारी दिए ।

अष्ट्रेलियाबाट ल्याइएको भन्दै नवलपरासीको केशर एग्रो फर्मबाट २३ लाख रुपैयाँमा गुणस्तरहित बोकापाठी ल्याइ वितरण गरेर १ करोड २४ लाखको बोकापाठी ल्याएको दावी गरेर १ करोड १ लाख रुपैयाँ घोटाला गरिएको उजुरीमा उल्लेख छ ।
बेलबारी नगरपालिका अन्तर्गतका फोहोरमैला,सौर्य उर्जा,लोहन्द्रा खोलाको गिटीबालुवा,ढुंगा निकासी,कोभिड राहत कोश समेतका योजना तथा कार्यक्रमहरुमा पनि बोयर बोकापाठी खरिद घोटलामा जोडिएका व्यक्तिहरुकै संलग्नतामा रहेको उजुरीपत्रमा उल्लेख छ ।

बेलबारीका युवाहरु सुजित बस्नेत,विपिन आचार्य,खेमप्रसाद गौतम,कमल सुब्बा,रिक्त बहादुर गुरुङ,विशाल थापाले अख्तियारमा उजुरी दिएका हुन् । उल्लेखित सबै विषयमा छानविन गरी अनियमितताबारे सत्यतथ्य पत्ता लगाई कसुरदार उपर कानुनी कारवाही गर्न उजुरीमा माग गरिएको छ ।

करोडौँको रकम अनियमितता हुनेगरीका घोटाला काण्डहरु हुँदा पनि बेलबारीका राजनितिक दल र सरोकारवालाहरुले यसबारे चासो नदिँदा भष्टाचार छोपिएर जाने हुनाले आफुहरुले उजुरी दिएको उजुरीकर्ता मध्येका सुजित बस्नेतले बताए । भष्टाचारजन्य घटनाहरुका विषयमा आफुहरु चुपलागेर नबस्ने र यस्ता काण्डहरुको भण्डाफोर गर्न कानुनी बाटो तथा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु पनि अघि सारिने बस्नेतले बताए ।

याे बिषयमा सूचना चाैतारी सँगकाे फाेन सम्बादमा , खरिद प्रकृया अनुसारनै गरिएकाे हाे तर एग्राे संबद्दले हामिलाई स्याम्पल न देखाई एकैचाेटि साे बाख्राहरु ल्याइइदिएकाे र वडाकाे प्रतिनिधिहरुको राेहवरमा हस्तान्तरण गरियकाे हाे।तर केही समयपछि मात्र ब्यबसायिहरुबाट भयकाे जानकारिअनुसार साे बाख्रिहरु हामिले मगायअनुरुपकाे न भयकाे कारण निज सप्लायर्स काे रकम राेक्का समेत गरेका छाैँ। र जुन रकमकाे बिषयमा हामिले १ रुपैयाँ पनि निकासा गरेका छैनाैँ , हामिले उसकाे एग्राे समेत सिलगरि बन्द गरेका छाैँ , छानबिन समिति गठन गरेका छाैँ यस समितिले सत्य तथ्य प्रमाणित गर्नेछ,, नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved