झापा । राजन बस्नेतकाे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । अन्तराष्ट्रिय पाष्टर दिवसकाे अवस पारि आयाेजित सभामा सिलिगुडि स्थित हिमालय फ्रि चर्चका पाष्टर जेम्स तामाङले पबित्र बाइबलबाट पाष्टरप्रति मण्डली परिवारकाे दायित्व बिषयमा प्रकाश पार्नु भएकाे थियाे ।
बुद्वशान्ति गाउपालिका भित्र कृयाशिल चर्च परिवारहरूकाे उत्साह पुर्वक उपस्थितिमा बुद्वशान्ति भरिका ३६ जना पाष्टर तथा एल्डरहरूलाई स्थानिय चर्चका आमाहरूले बाहुलिबाट सम्मान स्वरूप उपहार प्रदान गरेका थिए ।
२०८० पुस १६ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता स्वीकृत प्राप्त बुद्वशान्ति ख्रीष्टियन समाजमा आबद्व चर्च र सदस्यहरूलाई विधान अनुसूचि २ बमाेजिमकाे ढांचा अनुरुप प्रमाण पत्र बितरण गर्दै सम्पन्न प्रथम बार्षिक साधारण सभामा अध्यक्ष पास्टर राजु चाम्लिङ्गले बार्षिक प्रगति प्रतिबेदन र सचिब निमा तामङ्गले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष चाम्लिङ्गकाे सभापतित्वमा सम्पन्न सभामा झापा इसाई समाजका पास्टर पुष्प घले प्रमुख अतिथमा थिए भने युवा समिति अध्यक्ष पास्टर धिरज नेउपाने, जेम्स तामाङ्ग बिशिष्ठ अतिथि रहेकाे सभा समाजका सचिव निमा तामङ्गले सञ्चालन गरेका थिए ।
सो सभाले मेथाेडिष्ट चर्चका पाष्टर राजन बस्नेतकाे अध्यक्षतामा सर्बसम्मत प्रकृयाबाट नव समिती गठन गरेकाे छ । नव गठित समितिकाे उपाध्यक्षमा पास्टर तेज बहादुर भण्डारी, सचिबमा पास्टर प्रेम बहादुर लिम्बू, सहसचिव एल्डर गगन प्रधान र काेषाध्यक्षमा पास्टर राम राई चुनिएका छन ।
यस्तै सदस्यहरुमा पास्टर अमृत शिवा, एल्डर गुमान सिंह जवेगु,चन्द कला लिम्बू, नमिता बर्देवा, कमल मग्राति, मनिष राई ,अर्पणा तामाङ्ग र अमित मगर चयन भएका छन ।
अन्तयमा समाजका पूर्ब अध्यक्ष रेभ तिल बहादुर बानियाले प्रभुमा समर्पणकाे प्रार्थना गरेका थिए ।

