Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दसै पर्वसँग ख्रीष्टियनहरुका लागी कुनै पनि नजिकको नाता र साइनो छैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 13, 2024
15 shares

डि.बि. मुखिया।  जब दसै पर्व आउँछ,चर्चमा बिस्वासी संख्या कम हुदैछ जान्छ,तब दसै पर्ब सकिन्छ चर्चमा बिस्वासी भरिभराउ हुदै जान्छन किन?यसको एउटै मात्र उत्तर हो दोधारे ख्रीस्टियानहरु दसै पर्व मनाउनका लागी माइत गए,ससुराली गए,पाहुना गए,घरमा गए तब दसै सकियो तब दोधारे ख्रीस्टियानहरु अर्को दसै पर्व नआए सम्मको लागी चर्चलाइ प्रतिक्षालयको रुपमा प्रयोग गर्ने उदेश्यले बिस्तारै ससुराली र माइतबाट चर्चमा फर्किए,पाहुना गएर चर्चमा फर्किए।बिडम्बनाका साथ भन्नू पर्छ,संसारिरिक रितिरिवाजले दिएको बोझ र चोटको कारण प्रभुलाइ नचिनेकाहरु थाकीसकेका छन,सजिलो शान्ती,विश्राम पाउने उपायको खोजीमा छन तर ख्रीस्टियान अगुवाहरु भनिएकाहरु बिस्वासी भनिएकाहरुको लागी सेवा संगति,प्रार्थना भन्दा पनि दसै पर्बको जोस र रौनकले पकडेर कता कता पुरयाएको देख्दा पो मलाई त कुरि कुरि लाग्न थाल्यो।

दसै पर्ब मान्ने दोधारे ख्रीस्टियानहरुको बारेमा बाइबलको बचनले सिकाएको शिक्षा २कोरिन्थी ६:१४-७:१
स्मरण रहोस कि २कोरिन्थी ६:१४-७:१ को बचनलाइ हेर्छौ भने अबिस्वासीहरुसग एउटै जुवामा नारिनु हुदैन भनेर सिकाएको छ भने कलस्सी २:१६-२३ मा हेर्छौ भने हामी ख्रीस्टियानहरु संसारिक पर्व र रितिरिवाजबाट निस्केर स्वतन्त्र हुनुपर्छ भनेर सिकाएको छ त पनि दोधारे ख्रीस्टियानहरुले कुनै पनि संसारिक चाडपर्व पनि छोडदैनन,दोधारे ख्रीस्टियानको गलत सैलिले गर्दा नया पुस्ताका आत्मिक ब्यबहारिक र नैतिकवान ख्रीस्टियान बन्न लागेकाहरु पनि अलमल्ल अवस्थामा छन।दोधारे ख्रीस्टियानहरुको लागी संगति,प्रार्थना,सभा सेमिनर,सुसमाचारको कुनै मतलब छैन बरु दसै आयो तिहार आयो नया लुगा किन्नु पर्ने अरे,माइत ससुराली जानू पर्ने अरे,बर्ष एक पटक आउने चाडपर्व माइत नगए ससुराली नगए कहिले जाने अरे,मुर्ती पुजा पो गर्नु हुदैन,टीका पो लगाउनु हुदैन दसै मान्न के होन्छ?अरे अनि मुर्ती पुजा गर्नु हुदैन टीका पो लगाउनु हुदैन माला लगाएर सेल ओखर खानु के हुन्छ?अरे।अनेकौ बहाना र अनात्मिक अब्यबहारिक तर्क गर्दै संसारिक रिरिरिवाजको लागी आत्मा समर्पण गर्ने दोधारे ख्रीस्टियानहरुलाइ यसो पनि भन्न सकिन्छ।

१) इस्राएलीहरु मिश्र देसको दासत्वबाट छुटकारा भएर दूध मह बग्ने कनान देस तर्फ यात्रा गरे त पनि उनिहरुको मन बिचार चालचलन सबै मिश्र देसमै रहे जस्तै नाम चाही ख्रीस्टियान तर चालचलन,सोचबिचार र व्यबहार जति सबै संसारिक रितिरिवाजमै रुमलिएका दोधारे ख्रीस्टियानहरु हुन गन्ती १३:१-१४:१-४४ गलाती ४:८-११,५:१-१२

२) ख्रीस्टियान भएर पनि मन बिचार र चालचलन सबै संसारिक मानिसहरुको जस्तो छ यदि भने मति २२:१-१४ मा उल्लेखित बिवाह भोजमा बिवाहको पोसाक नपहिरिएको ब्यक्ती जस्तो नामधारी ख्रीस्टियान मात्र हुन भन्न सकिन्छ।

ख) दसै पर्बको यथार्थ के हो त?:- दोधारे ख्रीस्टियानहरुले दसै पर्बको बारेमा बुझेर पनि बुझ पचाएर होस या संसारिक मानिसहरुको देखासिकी गरेर होस जसरी भए पनि दसै तिहारसग एउटै जुवामा नारिएको देखिन्छ।अब दसै र तिहारको बारेमा केही छोटो जानकारी ।

१) के हो दसै?:- दसै शब्द दसहरा,दस दिन भन्ने शब्दबाट आएको शब्द हो,किन भने हिन्दुहरुले दस दिन सम्म यो पर्व मनाउने भएको कारण पनि दसै भनिएको हो।दसैलाइ अर्को शब्दमा बिजया दसमी र राम नवनी दसै गरि दुई भागमा बाडेर हेरिएको र अभ्यास गरेको पाइन्छ।बिजया दसमी र राम नवमी शब्दले नै दसैको अर्थ हत्याको उत्सब हो भन्ने कुरोलाइ स्पष्ट पार्दछ।दसैको समयमा हिन्दुहरु दस दिन सम्म देवि देवताहरु वा मृतात्माको पुजा गरि टीका लगाएर दसै पर्व मनाउछन।अब बिजया दसमी र राम नवमीको बारेमा छोटो चर्चा गरौ।

# बिजया दशमी:- बिजया दशमीको अर्थ भित्र यस्तो मर्म लुकेको छ। दुर्गा देबि भन्नू,काली देबि भन्नू एउटै देबिको नाम हो।देवि भन्ने शब्द आयो भने स्त्री मृतात्मालाई जनाउछ भने देव का देवता शब्द आयो भने पुरुष मृतात्मालाई जनाउछ।अब प्रसंग दुर्गा देवि काली देविको,दुर्गा देवि वा काली देविले भैंसी पालक सुरबीर ब्यक्ती महिषासुरलाई अनि शुम्भ,निशुम्भ र वितुन्द भन्ने पुरुषको हत्या गरिदिएको स्मरणका साथ हिन्दु आर्यहरुले बिजया दसमी दसै भन्दै यो पर्बलाइ रातो टीका लगाएर मनाउछन।दुर्गा देवि वा काली देविले हत्या गरिदिएका यहाँ उल्लेखित चार जना ब्यक्तिहरुलाइ हिन्दु आर्यहरुले राक्षस र दानवको उपमा दिए त पनि यी हत्याको पासोमा परेका चार जना ब्यक्तिहरु तत्कालीन समयका बिचार क्रान्तिकारी ब्यक्तिहरु थिए।

राम नवमी:- राम नवमीको अर्थ र मर्म नै हिन्दुहरुले भगवानको रुपमा पुज्दै आएको रामले गरेको हत्याको पर्बसग जोडिन पुग्छ।राम भन्ने भगवान रावणको हत्या गर्नका लागी बिष्णु अवतार लिएर जन्मिए अरे अनि पछिल्लो समय रावणले रामको श्रीमती सितालाइ अपहरण गरेर लगेको कारण रामले रावणलाइ मारे अरे।यसरी रामले रावणको हत्या गरेको स्मरणका साथ राम नवमी अर्थात चैते दसै मनाउछन हिन्दु आर्यहरुले।

समग्रमा : उद्धारका पाएर पनि सुधार नभएका ख्रीष्टियनहरु आफन्तहरु भेट्ने बाहानामा दशैँ  मनाउन  सहरबाट बाहिरिएका छन्, उनिहरुले अझैपनि हिन्दु परम्परामा मनाईने यी चाडहरु भुल्न नसकेकै कारण यस्ता चाडहरुमा चर्च हलहरुमा विश्वासिहरुकाे उपस्थिति न्यून हुने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved