काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल बर्षाको कारण बाढीबाट पीडित किर्तिपुर स्थित सुन्दरी घाटका सात सुकुम्बासी परिवार नालिमा बास छ । उनीहरुको सबै घर बगाएको कारण नजिकै रहेको पानीको पाइपको नालिमा सुत्ने गरेका छनभने एउटा तिर्पाल मुनि सामुहिक बसोबास गर्ने गरेकाछ्न ।
उक्त कुरा थाहा पाउन साथ आजै आमूल परिवर्तन नागरिक पार्टीकाअध्यक्ष दल मर्दन कामी , उपाध्यक्ष कमल पुर्जा,युवा बिभाग प्रमुख स्याम राई केन्द्रिय सदस्य दिल बहादुर चुनारा साथै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका सचिव सुमन चौधरी पुगि उहाँहरुलाइ हरेक परिवारमा एउटा ब्लाङ्केट ,एउटा झुल र एउटा स्लिपिङ्ग ब्याग हस्तान्तरण गरिएको छ ।
बाढीपहिरोबाट पीडित परिवार लाई आमूल परिवर्तन नागरिक पार्टी अध्यक्ष दल मर्दन कामिको नेतृत्वमा केही राहतका सामान पुर्याउदै गर्दा स्थानीय एक वृद्धआमाले रुदै कुखुराको खुट्टा टाउको एकजना मगर परिवारले ल्याए दिएपछि खाएको बताए पछी आफू निकै भाबुक भएको अध्यक्ष कामिले हामीलाई बताए ।

