झापा । झापा शिवसताक्षी ३ स्थित पाराबारीमा १ दिने सन्थाल मेला सम्पन्न भएको छ । सन्थाल समुदायहरुले मन्सा देबिको पुजा गरेर हरेक बर्ष मनाउदै आएको सन्थाल मेला यसपाली पनि पाराबारीमा धुमधामका साथ मनाइएको छ ।
झापाको माइ पस्चिमका सन्थाल समुदायहरु एक जुट भएर प्रत्येक बर्ष पाराबारीमा मनाउने गरेको सिवसताक्षी वडा न. ३ का अध्यक्ष भाष्कर न्यौपानेले जानकारी दिनु भयो । मेला सम्पन्न गर्नको लागि वाडा कार्यलयको तर्फबाट १ लाख बिनियोजन गरेको र आगामी बर्षमा पनि निरन्तरता दिने बताउनु भयो ।
त्यसै गरि नगरपालिकाको कार्यलय बाट पनि ६५ हजार सहयोग गरेको कार्यक्रम सम्योजक तथा पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेगराज ओझाले जानकारी दिए । मेलामा गौरिगन्ज गाउपालीका,कमल गाउपलीका गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिकाका १० समुहका सन्थाल समुदायले आकर्षक सन्थाल नृत्य समेत प्रस्तुत गरेका थिए ।
सहभागी सबै समुहलाइ नगद सहित सम्मन गरिएको आयोजक पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेगराज ओझाले बताउनु भयो ।
मेलाको उद्घाटन शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले गर्नु भयो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्नु हुँदै नगर उपप्रमुख कार्कीले नेपाल बहु भाषी बहु जाती बसोबास गरेको साझा फुलबारी भएकोले सन्थाल समुदायले आफ्नो सस्कर सस्कृतिलाइ जगेर्ना गरि पर्वधन गरेकोमा प्रशङ्शा गर्नु भयो ।
यस समुदायको वृद्धि बिकासको लागि नगरपालिकाले आवस्यक सहयोगको लागि सम्न्वयको भुमिका आफ्नो तर्फबाट गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सन्थालहरुको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ। फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै रहनु, लिसैलो माटोको लिउनले चिल्लो देखिनु, घर अगाडि बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख-विरुवा इत्यादिले उनीहरूको परिचय दिने सन्थाल समुदायका अगुवा बाबुलाल मुर्मुले बताउनु भयो । यस्तो मेलाको आयोजनाले सन्थाल समुदायको सस्कार सस्कृतिको प्रवर्द्धन हुने भएकोले सबै पक्षले सहयोग गर्न आग्रह गरे ।
मेलामा वडा न.१ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, वडा न. ७ का अध्यक्ष भवानी बिक्रम चेम्जोङ,वडा न. ८ का अध्यक्ष सन्त फेवदिन लगायतको सहभागिता रहेको थियो । मेलामा उत्कृष्ट नृत्य कला प्रस्तुत गर्ने समुहलाइ नगद द्वारा सम्मान गरिएको बताइएको छ । यो मेला हरेक बर्ष फुलपातीको अघिल्लो दिन मनाइने प्रचल रहि आएको बताइएको । मेलामा उल्लेख मात्रमा जनसमुदाय हरुको सहभागिता ले मेलाको रौनक थप बडेको थियो ।

