Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुकुम्बासी बस्तीमा म्याटेस र एउटा फाइबर सिरक हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 9, 2024
39 shares

काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टी र थापाथली भ्याली चर्चको विशेष अनुरोधमा थापाथली पौरखी (सुकुम्बासी) बस्तीमा नेपाल मेथोडिस चर्चको सहयोगमा १५० परिवारलाई एउटा म्याटेस र एउटा फाइबर सिरक हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथली स्थित पौरखी बस्ती (सुकुम्बासी)बस्तीका बाढीबाट पीडित १५० घर परिवारलाई तत्काल राहतका प्याकेज हरेक घरमा एउटा फाइबर सिरक र म्याटेसको बन्दोबस्ती नेपाल मेथोडिस चर्चले गरेर उक्त सहयोग भएको कुरा आमूल नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामिले सस्थालाइ धन्यवाद दिएका छ्न ।

नेपाल मेथोडिस चर्चले स्थानीय व्यक्तिहरु संग स्वैच्छिक आर्थिक रकम संकलन गरि उक्त राहत सामाग्री बुधबार बिहान वितरण गरेको सस्थाका प्रतिनिधि निशान लामिछाने, भरत बहादुर शाह(सिमोन)ले बताएका हुन ।

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीको विशेष उपस्थिति र थापाथली भ्याली चर्च काठमाडौं ११ का पाष्टर बेन्जामिन सुब्बाको , नेपाल मेथोडिस चर्चका प्रतिनिधिहरु निशान लामिछाने, भरत बहादुर शाह(सिमोन),पावल मगर ,देबकुमार खड्का सहित पौरखी बस्ती थापाथलीका अध्यक्ष मीन कुमार मगर , आमा समुहका अध्यक्ष कमला जिम्बाको उपस्थितमा हस्तान्तरण गरिएको हो।

गत ११ र १२ गते अविरल बर्षाको कारण बागमती किनार छेउछाउ घरटहरा बनाइ बसेका भुमिहिन सुकुम्बासीमा आपतविपत परेका र तत्काल उद्वारको निम्ति हामी काठमाडौंमा उपलब्ध आमूल परिवर्तन नागरिक पार्टीका नेताकार्यकर्ता लागेको बताउदै उनले भने आम नागरिकको शान्ति सुरक्षा र मानवअधिकारको सुरक्षा गर्नु हामी सबैको दाइत्व हो र यस्तो दु:खद अवस्था सस्थालाई सहयोग गर्न पहल गर्नुहुने हरेक नागरिकको दाइत्वहो यसमा सबैजना सचेत र जागरुक हुनुपर्ने पार्टीका अध्यक्ष कामीले बताएका छ्न ।

सहयोगी दातालाइ धन्यवाद दिदै उनले कामीले भने आफ्नै पार्टीको पहलमा यो आपतका बेला राहत वितरणमा केही दिन अगाडि एस डि ए चर्च नेपालका अध्यक्ष शैलेश दिन दियालिले एस डि ए चर्च नेपालका प्रतिनिधित्व मार्फ झन्डौ १ लाख ६० हजार बराबरको राहत वितरण गरेको जानकारी दिदै आवश्यक अनुसारको मागलाई नेपाल मेथोडिस चर्चका प्रतिनिधिहरु द्वारा सहयोग गरेकोमा पार्टीको तर्फबाट धन्यवाद दिएका थिए ।

राहत वितरण गर्नु अधि आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष भरत गिरिले सरकार सबैको हो एक किलोमीटर भित्रको सरकारले यसरी बेवास्ता गर्नु गरिब जनताको भोट माथिको अपमान हो भन्दै कि जनताको सेवा गर हैन भने सरकार छोडभन्दै यस बस्तीमा बिपत्तिमा परेका जनताले यदी यसरी नै सरकारले बेवास्ता गरे जनतालाई उठाएर सिंहदरबारको ढोकासम्म जानुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छ्न ।

एकतामा बल छ एकता शक्ति छ भन्दै पीडित परिवारलाई सबैले मिलेर सहयोग गरौं, एकता प्रेमको भावना रहौ भन्दै पार्टीका अध्यक्ष दल मर्दन कामीले सम्बन्धित संघसंस्थालाइ सहयोगको अपिल समेत गरेका थिए कामी सहित दिनानुदिन पीडित बस्तीमा पार्टीका नेताकार्यकर्ता लाई स्वयंसेवकका रूपमा परिचालन गरि सुकुम्बासीका घर टहरामा बाढीले जम्मा गरेको हिलो फाल्ने र कपडा धुदै गरेको तस्वीर फुटेजहरु सामाजिक संजालमा सार्वजनिक गर्दै उनले भन्दै आएकाछ्न हामी उद्दार कार्यमा निरन्तर छौ ।,

दल मर्दन कामीको नेतृत्व रहेको आमूल परिवर्तन नागरिक पार्टीले गत ११ र १२ गतेको अविरल बर्षाले देशभर बाढीपहिरोबाट ठुलो क्षति भएपछि काठमाडौंमा उपलब्ध पार्टी सचीवलयको बैठकबसि पार्टीको उपमहासचिव बिदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली तामाङ,उपमहासचिव स्याम राई, सचीव सोम राइ र कोषाध्यक्ष डिके लिम्बूसहित पाँच सदस्यीय बिपत्त व्यवस्थापन समिति निर्माण गरि उद्वार कार्यक्रम संगै राहत वितरणमा समेत लागेका छ्न । यस अघि पनि अध्यक्ष कामीकै पहलमा १५५ घर परिवार लाई हरेक घरमा दुई दुईवटा झुल र दुई दुईवटा स्लिपिङवेड समेत वितरण गरेकाथिए ।

गतहप्ता भएको अविरल वर्षा बाट पीडित काठमाडौं उपत्यकाको सुकुम्बासी मध्य काठमाडौं ११थापाथली र बंसीघाट त्यसै गरि बल्खुका सुकुम्बासी सबैभन्दा धेरै क्षति गरेको हो पीडित सुकुम्बासी परिवारको अबस्था अत्यन्तै नाजुक रहेको र उक्त बाढीले बस्तिवासिको खाने चामल दाल ,ग्यास सिलिन्डर ,चुलो देखि , लाउने कपडा र ओढ्ने ओछ्याउने कपडा समेत बगाए पछी उनीहरु कष्टकर अबस्थामा रहि देशमा हिन्दुहरुको महान दशैको समयमा यस्तो बिजोग हुनेगरी गएको बाढीपहिरोले उक्त स्थानका सुकुम्बासी परिवारलाई पछिल्लो समय वल्लो दशैं न पल्लो तिहार भएको छ ।

यसै बीचमा कामीले पार्टी अंतरगत बनेको विपत व्यवस्थापन समितिकोलाई उद्वार र राहतका कार्यमा निरन्तर पहलका लागी समेत आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved