आकाश मगर । उदयपुरकाे त्रियुगा नगरपालिका ६ जलजलेमा आज करिब ६ बजेको समयमा आफ्नै श्रीमानले श्रीकतिकाे हत्या गरेका छन्।
श्रीमान जंग बहादुर तामाङले आफ्नै श्रीमतीलाई घारिलाे हतियार प्रयाेग गरि टाउको छिनाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २९ बर्षिय उर्मिला तामाङको हत्या भएको हो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ताप्ली गाउँपालिकाका ठेगाना भएका उर्मिला र जंग बहादुर तामाङ जलजलेमा भाडामा बस्दै आएको खुलेको छ । घटनाबारे बिस्तिृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
