काठमाडौ । आमूल परिवर्तन नागरिक पार्टीको विशेष पहलमा काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथली स्थित पौरखी बस्ती (सुकुम्बासी)बस्तीका बाढीबाट पीडित १५५ घरलाई तत्काल राहतका प्याकेज करिब १ लाख ६० हजार बराबरको राहत ब्लाङकेट वितरण गरेको छ भने राहत एस डि ए चर्च नेपालले दिएकोहो ।
एस डि ए चर्च नेपालको सहयोगमा आइतबार साझ आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीको विशेष उपस्थितिमा एस डि ए चर्च नेपालका बागमती प्रदेश अध्यक्ष सामुएल शर्मा आमूल परिवर्तन नागरिक पार्टीका दोस्रो अध्यक्ष भरत गिरि महासचिव प्रेम कार्की र एस डि ए चर्च नेपालका बागमती प्रदेश सचीव कृष्ण केसीले राहत वितरण गरेका हुन ।
एस डि ए चर्च नेपाल बागमती प्रदेश अध्यक्ष सामुयल शर्माले देशमा आपतविपत परेका नागरिकको सुरक्षा गर्नु हामी सबैको दाइत्व हो यस्तो दु:खद अवस्था सस्थालाई सहयोग गर्न पहल गर्नुहुने पार्टीका अध्यक्ष दल मर्दन कामी लाई धन्यवाद दिदै उनले भने यो आपतका बेला राहत वितरणमा सस्थाका अध्यक्ष शैलेश दिन दियाली आउने मन हुदाहुदै अरु ठाउमा जानुभएकोले प्रतिनिधित्व गर्दै आफू आएको भन्दै यो दुखको बेलामा झन्डौ १ लाख ६० हजार बराबरको राहत लिएर आएको जानकारी दिदै आवश्यक परे फेरि आउने दिनमा पनि सकेको सहयोग गर्ने वचन दिएका थिए ।
राहत वितरण गर्नु अधि आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष भरत गिरिले सरकार सबैको हो एक किलोमीटर भित्रको सरकारले यसरी बेवास्ता गर्नु गरिब जनताको भोट माथिको अपमान हो भन्दै कि जनताको सेवा गर हैन भने सरकार छोडभन्दै यस बस्तीमा बिपत्तिमा परेका जनताले यदी यसरी नै सरकारले बेवास्ता गरे जनतालाई उठाएर सिंहदरबारको ढोकासम्म जानुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छ्न ।
एकतामा बल छ एकता शक्ति छ भन्दै पीडित परिवारलाई सबैले मिलेर सहयोग गरौं, एकता प्रेमको भावना रहौ भन्दै पार्टीका अध्यक्ष दल मर्दन कामीले सम्बन्धित संघसंस्थालाइ सहयोगको अपिल समेत गरेका थिए कामी सहित दिनानुदिन पीडित बस्तीमा पार्टीका नेताकार्यकर्ता लाई स्वयंसेवकका रूपमा परिचालन गरि सुकुम्बासीका घर टहरामा बाढीले जम्मा गरेको हिलो फाल्ने र कपडा धुदै गरेको तस्वीर फुटेजहरु सामाजिक संजालमा सार्वजनिक गर्दै उनले भन्दै आएकाछ्न हामी उद्दार कार्यमा निरन्तर छौ ।,
दल मर्दन कामीको नेतृत्व रहेको आमूल परिवर्तन नागरिक पार्टीले गत ११ र १२ गतेको अविरल बर्षाले देशभर बाढीपहिरोबाट ठुलो क्षति भएपछि काठमाडौंमा उपलब्ध पार्टी सचीवलयको बैठकबसि पार्टीको उपमहासचिव बिदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली तामाङ,उपमहासचिव स्याम राई, सचीव सोम राइ र कोषाध्यक्ष डिके लिम्बूसहित पाँच सदस्यीय बिपत्त व्यवस्थापन समिति निर्माण गरि उद्वार कार्यक्रम संगै राहत वितरणमा समेत लागेका छ्न । यस अघि अध्यक्ष कामीकै पहलमा १५५ घर परिवार लाई हरेक घरमा दुई दुईवटा झुल र दुई दुईवटा स्लिपिङवेड वितरण गरेकाथिए भने एसअधि हरेक घरमा एकबोरा चामल ,एक लिटर तेल ,नुन लगायतका खाद्यान्न समेत एसअधि वितरण गरिसकेका हुन ।
गत ११-१२,१३ गतेको अविरल वर्षा बाट पीडित काठमाडौं उपत्यकाको सुकुम्बासी मध्य काठमाडौं ११थापाथली र बंसीघाट त्यसै गरि बल्खुका सुकुम्बासी सबैभन्दा धेरै क्षति गरेको हो पीडित सुकुम्बासी परिवारको अबस्था अत्यन्तै नाजुक रहेको र उक्त बाढीले बस्तिवासिको खाने चामल दाल ,ग्यास सिलिन्डर ,चुलो देखि , लाउने कपडा र ओढ्ने ओछ्याउने कपडा समेत बगाए पछी उनीहरु कष्टकर अबस्थामा रहि देशमा हिन्दुहरुको महान दशैको समयमा यस्तो बिजोग हुनेगरी गएको बाढीपहिरोले उक्त स्थानका सुकुम्बासी परिवारलाई पछिल्लो समय वल्लो दशैं न पल्लो तिहार भएको छ ।
यसै बीचमा कामीले पार्टी अंतरगत बनेको विपत व्यवस्थापन समितिकोलाई उद्वार र राहतका कार्यमा निरन्तर पहलका लागी समेत आग्रह गरेका छ्न ।
