By Dikendra
झापा । कमल नगर अस्पतालमा बुधबारदेखि मनोरोग विशेषज्ञ सेवा समेत थप गरिएको छ । विशेषगरी बुधबार पहिलो दिन मनोरोग सम्बन्धिका बिरामी साथै अन्य बिरामी गरेर करिब १३० जनाले चेकजाँच गराएका छन।
हरेक महिनाको तेस्रो बुधबार सञ्चालन गरिएको सेवामा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरबाट अनुभवी मनोरोग विशेषज्ञ डाक्टर नवराज कोइराला र बिराट टिचिङ हस्पिटलका चिकित्सकहरुद्वारा मानसिक स्वास्थ्य सम्बन्धि विशेषज्ञ सेवा सन्चालनमा आएको हो ।
विशेषज्ञ सेवा संचालन पश्चात् कमल गाँउ पालिकाकी उपाध्यक्ष प्रमिला न्याैपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल तथा डाक्टर नवराज कोइरालाबिच सेवा बिस्तार,गर्दा आउन सक्ने चुनौती र समाधानका उपाय सम्बन्धी महत्वपूर्ण छलफल भएको कमल पालिकाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए ।
कमल नगर अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञको सेवा हरेक महिनाको तेस्रो बुधबार बिहान १०:३० बजे देखि १:०० बजे सम्म संचालन हुने कमल गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

