झापा । पहिलो पाइला नेपालका केन्द्रीय सदस्य सुरेश बरालले सडकपेटिमा गित गाएर परिवारको जीविकोपार्जन गर्दै आउनु भएका दृष्टिविहिनहरुलाई सहयोग गरि आफ्नो जन्म दिन मनाएका छन ।
फजुल खर्च गर्नुको साटो सामाजिक कार्यमा खर्चिने भन्दै पहिलो पाइला दमक शाखाको आयोजनामा दमक ६ नमुना मार्गमा एक कार्यक्रमका बिच नगदसहित केही अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा पहिलो पाइला दमक शाखाका अध्यक्ष राजु निरौला, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, संस्थाका सदस्यहरु दिवस खतिवडा, लबराज केसि, मेघनाथ फुयल, सञ्जु निरौला लगाएतको उपस्थिति रहेको थियो ।
