Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

द एभरेस्ट सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2024
27 shares

डिकेन्द्र बस्नेत, झापा । द एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्नता गरेको छ।

आर्थिक सामाजिक बिकासका लागि दिगो र भरपर्दाे वित्तीय व्यवसायिक संस्था बनाउने परिकल्पना बोकेर २०६८ सालमा स्थापना भएको द एभरेस्ट सहकारीले झापाका विभिन्न स्थानीय तह र मोरङको उर्लाबारी समेत गरि ५ वटा सेवा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

सभामा संस्थाले असोज ७ गते देखि शुरु गरेको इकाई गत साधारणसभामा प्रस्तुत संस्थाको बार्षिक तथा लेखा प्रतिवेदनलाई सुझावसहित एकीकृत माइन्यूट प्रमाणिकरण गरि साधारणसभा सम्पन्न गरिएको निमित्त व्यवस्थापक धर्मानन्द भट्टराईले बताए ।

संस्थाले गत असोज ७ मा बुधबारे सेवा केन्द्र, ८ गते विर्तामोड सेवा केन्द्र, १३ गते सुरुङा सेवा केन्द्र ,११ गते उर्लावारी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको थियो ।

सभा समापनमा प्रमुख अतिथि नगर उपप्रमुख भट्टराईसहित दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपाने, मेनेर्जस क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले सहकारीका विविध विषयमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागि अतिथिहरुलाई संस्थाले मायाको चिनो स्वरूप गौतम बुद्धको मुर्ति प्रदान गरेको छ ।

संस्थाको शेयर पूंजी रु. ४ करोड ९८ लाख ३३ हजार ४ सय, बचत र. ८२ करोड ७६ लाख १९ हजार २ सय १३, कुल निक्षेप ३१ करोड ८ लाख ५५ हजार ३ सय ५१ रुपैयाँ, कुल कारोबार ४३ करोड ७४ लाख ७३ हजार ८ सय ८६ रुपैयाँ कारोबार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved