झापा । सामाजिक कार्य गर्दै आइरहेको संस्था पहिलो पाइला नेपाल दमक शाखाद्वारा आयोजित दमक ४ निबासी सामाजिक, धार्मिक युवा कमल पौडेलको जन्मदिनको अवसरमा गौरादह ९ मा रहेको बलभद्र प्राथमिक बिधालयकका बिद्यार्थीहरुलाई पठन तथा शैक्षिक सामाग्री वितरण गरेको छ।
सोही अवसरमा बिधालयमा नेपालको झन्डा तोरण समेत गरिएको छ । सोमबार सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुलाई लेख्ने कपि र पठन – पाठनको लागि पठन सामाग्री करिब दस हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको दमक शाखा उपाध्यक्ष लबराज खडकाले बताएका छन ।
बलभद्र प्राथमिक बिधालयको अध्यक्ष बुदिमान निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा गौरादह ९ को कार्यबाहक वडा अध्यक्ष केदार धितालको प्रमुख अतिथ्यता, दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, लेखा समिती संयोजक पदम राउत, सामाजिक व्यक्तित्व गणेश प्रधान, रघुनाथ निरौला
बिधालयका प्रधानध्यापक गोबिन्द धिताल, पहिलो पाइला केन्द्रिय सह कोषाध्यक्ष दिवस खतिवडा, केन्द्रिय सदस्य मेघनाथ फुयाल, पहिलो पाइला दमक अध्यक्ष राजु निरौला, शैक्षिक सामाग्री सहयोग गर्ने पुजा दाहाल, पहिलो पाइला दमक शाखाको पदाधिकारी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरुले संस्थाले गर्दै आएको हरेक कार्यक्रम प्रशंसनिय रहेको साथै जन्मदिन मनाएका कमल पौडेल लाई बिशेश धन्यवाद ब्यक्त गरेका छन। यस्तै कार्यक्रममा बिधालयले पहिलो पाइला दमक शाखा र जन्मदिनमा सामाग्री हस्तान्तरण गर्ने दाताहरुलाई सम्मानपत्र प्रदान गरिएको कार्यक्रमको संचालन बिधालय प्रधानाध्यापक धितालले गर्नुभएको थियो।
