Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विर्तामोडमा जेैतुन छाँया धन्यवाद कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 30, 2024
1.5K

डिकेन्द्र बस्नेत, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ ।

गत असोस ३ गते सम्पन्न जेैतुन छाँया सिजन ३ को दोस्रो एपिसोडमा १४ सयको हाराहारीमा दर्शको उत्साहजनक उपस्थिति रहेको भन्दै आयोजक समितिले कार्यक्रमको शुरुवात समयदेखि कार्यक्रम सफलताको लागि जुटेका सहयोगि दाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगाएतले पुर्याएको योगदानको सम्मान गर्दै धन्यबाद ज्ञापन गरेको छ।

विर्तामोड मुख्य चौकमा रहेको पपुलर होटलमा आयोजित कार्यक्रममा पास्टर नामुएल राईले धर्मशास्त्र बाइबलको हबकुक २:१-३ पद मार्फत हामीसँग स्पष्ट दर्शन रहनु जरुरी रहेको बताएका छन । सो कार्यक्रम मार्फत कति जना येशुसँग मुडभेट भयो भनि जिज्ञासा राखे । जवानले गरेको कार्य भावि पुस्ताको लागि एउटा उदाहरण प्रस्तुत गरेको भन्दै उत्साह दिएका छन । हामीले कार्यक्रममा जुन अपेक्षा गरेका थियौं त्यो भन्दा बढि सफलता पाएको महशुस गरेका छौ।

कार्यक्रममा जवान समितिका अध्यक्ष गायस शेर्पाले स्वागत  गरेको कार्यक्रमको अतिथिहरुमा एनसिएफ कोसी प्रदेश अध्यक्ष पास्टर गंगा आले, झापा जिल्ला सचिव पास्टर राजु चाम्लिङ, विर्तामोड नगर ईसाई समाज अध्यक्ष पास्टर नरेन राई, कोषाध्यक्ष एल्डर सन्तोष राईको उपस्थिति रहेको थियो । उहाले बाइबलको खण्डलाई जोड्दै दर्शन देखेर मात्र नभई पूरा गर्नु उत्तम रहेको बताए ।

हाल नेपालमा उदाएको ब्याडले संगितको माध्यमबाट युवाहरूको बिचमा गरेको कार्यक्रम निकै नै फलदायिक भएको साथै कुनै पनि शुरु भन्दा अन्तय असल हुने बताए ।

झापामै करिब ५/६ महिनाको बिचमा भएको कार्यक्रमहरु मध्येको यो पटकको कार्यक्रम अत्यन्तै राम्रो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको साथै सो कार्यक्रमले हामी बिच एकता र विचारमा जोडिन सन्देश प्रवाह गरेको बताएका छन । अत्यन्तै गर्मीका कारण सायदै केही खल्लो भए पनि सहभागी आशिषित रहेको ठान्छु ।

सो कार्यक्रममा पत्रकारहरुप्रति गरिएको शब्द अलि नमिल्दो भए पनि अब उसो स्टेजमा बोल्दा सजक र होशियारी अपनाउनु पर्ने उपस्थित भेलाले दर्शाएको छ।

पत्रकारहरुको नेतृत्व गर्दै पास्टर वीर बहादुर तामाङले समाचारको माध्यमबाट केही हदसम्म प्रचारप्रसारको लागि अहम् भुमिका खेलेको र ईसाई समाजले ईसाई पत्रकारहरु प्रति गर्ने व्यवहारमा फरक रहन आग्रह गरेका छन ।

जैतुन छाँयाको कार्यक्रममा जम्मा रु ७,०६,१०० (अक्षेरुपि सात लाख ६ हजार १ सय उठेको थियो , भने कार्यक्रम विविध खर्च रु ५,७२,२५० (५ लाख ७२ हजार २ सय ५०) भएको हो भने हाल कोर्षमा रु. १,३३,८५०( १ लाख ३३ हजार ८ सय पचास ) बचत रहेको जवान समितिका सचिव डेभिड खवासले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved