झापा । झापा जिल्ला महिला ईसाई संगतीले आयोजना गरेको ३ दिने उपवास प्रार्थना सेवा शुक्रबार नेपाल ईसाई मण्डली बिर्तामोडमा समापन भएको छ ।
उपवास प्रार्थना सेवा असोज ९ गते ईलाकाको स्थानीय चर्चहरुमा गरिएको थियो भने १० गते आफनो आफ्नो ईलाकामा गरिएको थियो। अन्तिम दिन भने जिल्लाका सबै गाउँ, नगर, ईलाकाबाट एक ठाउँमा भेला भएर नेपाल ईसाई मण्डली बिर्तामोडमा गरिएको सचिव कमला राईले जानकारी दिइन ।
महिला सदस्य सरिता सुब्बाको प्रार्थनाद्वारा शुरू भएको उपवास प्रार्थना सेवामा झापा जिल्ला अन्तर्गत ईलाका ईसाई समाजबाट करिब २०० जनाको उपस्थित रहेको झापा जिल्ला महिला ईसाई संगतीकि उपाध्यक्ष अनुग्रह तामाङले बताइन।
योएल २:१२ “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” रहेको सेवामा वक्ता सल्लाहकार सदस्यद्वय पास्टर कल्पना राई र गुरुआमा तारा चाम्लिङ्ग रहनु भएको थियो।
पास्टर राईले नाओमीको जीवनी, उडन्त पुत्रको दृष्टान्तबाट वचन प्रचारमा हाम्रो पुरानो स्वभावहरुलाई छोडेर फर्किनु पर्ने, हामीले फर्किनु पर्ने कुराहरु धेरै छन्। यदि हामी फर्कन्छौं भने परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको त्यो ठूलो योजना हाम्रो जीवनमा पूरा गर्नु हुनेछ भनि सन्देश बाडिन ।
यस्तै अर्कि वक्ता चाम्लिङ्गले एस्तरको पुस्तकबाट एस्तरको जस्तो उपवास प्रार्थनाको खाँचो रहेको, जसले आफनो जाती, राष्ट्र बचाउन उपवास प्रार्थनामा आफैलाई समर्पण गरिन र यसकै फलस्वरुप ठूलो सफलता हाँसिल भएको बताइन् ।
सो सभामा २३ वटा विभिन्न ईलाका ईसाई समाजका प्रार्थना विषय समावेश गरिएका थियो। अध्यक्ष ममता रेग्मीले सबैलाई धन्यबाद अर्पण गरेको कार्यक्रमको समापन प्रार्थना वक्ता पास्टर कल्पना राईले गर्नु भएको थियो।
