विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-२ स्थित रहेको दुई पाङ्ग्रे ईलेक्ट्रिक सवारी साधनको सोरुममा आगलागी हुँदा करौडौको क्षति भएको छ । प्रहरी र दमकलको सहयोगमा तत्काल आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ।
आज बुधबार अपरान्ह ३ बजे भाबिया ईन्टरनेशनल इलेक्ट्रिक सोरुममा बिधुत सर्ट भई आगलागी हुँदा आगो नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की सहित ५० जना प्रहरी टोली र ३ वटा बारुण यन्त्रको सहयोगमा पौने ४ बजे आगो पुर्णरुपमा नियन्त्रण गरिएको हो ।
आगलागीबाट सोरुममा रहेको ईलेक्ट्रिक स्कुटर साईकल ८० थान, ईन्भटर ६० थान, ब्याट्री २०० थान लगायत सोरुमा रहेका अन्य सामग्रीहरू समेत जलि करिव १ करोड ५० लाख बरावरको क्षेति भएको खुल्न आएको छ ।
