डिकेन्द्र बस्नेत , झापा । सामाजिक कार्यमा अग्रसर रहेको सुन्दर समाज नेपाल नामक संस्थाले विराटनगरको तिनपैनि अवस्थित मानव आश्रमलाई नगदसहित आवश्यक खाद्यान्न सहयोग गरेको छ ।
विराटनगरमा रहेको मानव सेवा आश्रममा सोमबार पुगेर सुन्दर समाजले नगद रु ५००० (अक्षेरुपि पाँच हजार) प्रदान गर्नुको साथै खाद्यान्न सामाग्री ३ बोरा चामल, २ बोरा भुजा, १५ केजी दाल, १ काटुन तेल, १ काटुन सावुन हस्तान्तरण गरेको छ ।
विशेषगरी सुन्दर समाजकी सदस्य पुनम सुब्बाले मानवसेवा आश्रम मानवता प्रवर्द्दन महाभियानमा सरिक भई त्यहाँ बस्दै आउनु भएका आमाहरू तथा बाबुनानीहरु गरि करिब १३० जनाको लागि नगद रु ५,००० दिएकि हुन।
सो कार्यक्रममा समाजकी अध्यक्ष लक्की सिटौला (विन्दु) , सचिव गङ्गा ढकाल, सह-सचिव मनु साम्पाङ राई, सदस्य झरना लक्सम, सदस्य बिमला जोशी, सदस्य अनु ताजपुरिया, सदस्य पुनम सुब्बा साथै आश्रमको तर्फबाट पार्वती तिवारी, गंगा मगर, नवराज केसी लगाएतको उपस्थिति रहेको थियो ।
सोही दिन सुन्दर समाज संस्थाकि सदस्य पुनम सुब्बा तथा छत्रमान सुब्बाको दाजु चन्द्र प्रकाश लिम्बू विगत पाँच वर्ष देखी हराइ रहनु भएकोले उनको खोजीका लागि समाजले फोटो सहितको पम्प्लेटहरु टास्दै सबैलाई सो मार्फत अपिल गरेको छ।
विराटनगरमा सञ्चालित मानव आश्रमको चाहना भनेको सबैको लागि खाना, नाना र छाना रहेको छ । यस्तै सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं सो बारे घोषणा नै मानव आश्रमको मूल्यमान्यताका साथ अगि बढिरहेको छ।
