काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।आज भक्तपुरस्थित निवासबाट प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईँसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनिहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए।
