काठमाडौं । विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको छ। साइबर ब्युरोमा प्रसाईंविरुद्ध उजुरी परेको थियो।
प्रसाईंले आइतबार पत्रकार सम्मेलन गरी आत्मसमर्पण गर्ने घोषणा गरेका थिए। उनीविरुद्ध रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले उजुरी गरेकी थिइन्।
भक्तपुरको कमेरोटारस्थित निवासमा प्रहरीको टोली पुगेको छ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी अहिले प्रसाईलाई पक्राउ गर्नका लागि पुगेका हुन् ।
प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
