डिकेन्द्र बस्नेत, झापा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ ले एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्हारामा आज शनिवार आयोजित स्वास्थ्य शिविरबाट करिब २५० जना सेवाग्राहीहरुले स्वास्थ्य लाभ लिएका थिए ।
दमक अस्पताल तथा कमल गाउँ पालिकाको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा दमक अस्पतालका सुपरिटेन्डेन्ट( मेसु) डाक्टर कृष्ण शाह, मेडिकल अफिसर डाक्टर बन्दना सापकोटा, डाक्टर क्षितिज भट्टराई, डाक्टर निरञ्जन शाह (लाइफलाइन अस्पताल) बाट स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन डाक्टरहरुले सेवा दिनुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरको सभापतित्व नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ का सभापति जितु धिमाल र नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ भएको थियोे ।
स्वास्थ्य शिविरमा नेपाली कांग्रेस दमक नगर समिति अध्यक्ष प्रकाश प्रसाईंले आवश्यक औषधी व्यवस्थापनको लागि सहकार्य गरेका छन । यस्तै कमल कमल गाउँ पालिका अध्यक्ष हुकुम सिंह राई साथै दमक नगर उपप्रमुख रेगिना भट्टराईले त्यहाँ चाहिने आवश्यक औंषधी उपलब्ध गराउनु भएको तथा पुन दोस्रोपटक मेडिकल क्याम्पको लागि समेत बाँकी रहेको सभापति धिमालले बताए ।
सो शिविर मार्फत एक जना जेष्ठ नागरिकलाई सम्मान गरिएको औपचारिक कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष विश्वदिप लिङदेन, नोपली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महासमिति सदस्य सुरेश सुब्बा, महासमिति सदस्य रोहित कुमार साह, झापा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, झापा क्षेत्र नं. ५ ‘क’ का प्रदेश प्रमुख जिवन राई, प्रदेश ‘ख’ का सभापति रवि न्यौपाने, नेपाल लोकतान्त्रिक आदिवासी जनाजाती महासंघका जिल्ला सभापति दिलकुमार नेम्वाङ्ग, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका झापा क्षेत्र नं. ५ ‘क’ का सभापति राजेन्द्र ताजपुरिया, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महाधिवेसन प्रतिनिधि चन्द्रसिंह राई दमक नगर उपसभापति सागर ढकाल, गौरीगंज गाउँपालिका सभापति अघनु प्रसाद राजवंशी, नेपाल महिला संघ झापा जिल्ला उपसभापति नौताली राजवंशी, गौरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा सभापति सन्तोष सिंह गन्गाई लगायतको सहभागिता थियो ।

