कृष्ण कुँवर, यूएई । नेपाली दूतावास अबुधाबीले राजदूत तेजबाहादुर क्षेत्रिको अध्यक्षतामा दुतावासको हलमा विशेष कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवसको उत्सव मनायो।
राष्ट्रिय गीत, शहिदहरु प्रति मौनधारण पश्चात शुरू गरिएको कार्यक्रममा श्रमकाउंसिलर दीनबन्धु सुबेदीको संचालन् उपनियोग प्रमुख रंजिता दाहालको स्वागत मन्तब्य पछी विभिन्न समाजहरु, राजनीतिक् दलका भातृ संगठनहरु, संस्थाका श्रमिक अगुवाहरु, बुद्धिजीवीहरु र पत्रकारले संविधान सम्बंधी आ-आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा अधिवक्ता मन्जु मिश्र, आदिवासी जनजातिका तर्फबाट बिक्रम लिम्बु, ब्यवशायीको तर्फबाट एकेन्द्र थापा, ग्लोबल एन.आर.एन.ए. बाट पासांङ शेर्पा, एन.आर.एन.ए. बाट ठाकुर प्रसाद ढूङगाना, एन.आर.एन.ए. यूएईका अध्यक्ष विकाश शाही, बुद्धिजीवी हरूको तर्फबाट आप्रवाशी कामदार सम्बंधी अनुसंधानको लागी नेपालबाट आएकी डा.मीना पौडेल, समाज हरुको तर्फबाट नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल, प्रवासी नेपाली मन्चबाट बाबुराम सापकोटा, रा.स्व.पा नेपाल यूएई सभापति सूजन थापा, जनप्रगतिशिल मन्च यूएईका अध्यक्ष लक्ष्मण खनालले आफ्नो बक्तब्य राखेका थिए।
बक्तब्यको क्रममा अधिकांशको भनाई अहिलेको संविधान धेरैको दुःख र धेरैको बलिदान पछी आएको हो। यो संविधान नै देशको मुल कानुन हो, यसलाई पालना गर्नुपर्ने कर्तव्य सबैको हो यद्धपी समय र पुस्ताअनुसार जनताको माग अनुसार सहजताको निम्ती परिमार्जन गर्दै लैजानुपर्ने धेरैको भनाई थियो।
जनप्रगतिशील मन्च यूएईका अध्यक्ष लक्ष्मण खनाल र रास्वपा निकट सूजन थापाले प्रत्येक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री र प्रवाशिहरुको मतदान अधिकार संबिधानमा उल्लेख हुनुपर्ने भनाई राखेका थिए।
मन्चका अध्यक्ष खनालले सहिदहरुको स्मरण गर्दै भने- गणतंत्र धर्मनिरपेक्ष, संविधानसभा सानो योगदानले आएको होईन, धेरैजनाले संघर्ष गरे, धेरैजना सहिद भए, अझै कति अंगभंग अबस्थामा छन्। तत्कालिन अबस्थाको लैंगिक विभेद, क्षेत्रिय विभेद, बर्गिय विभेद, दलित जन-जातिको विभेदलाई समेटेर सबैका मौलिक हकहरूलाई सुनिश्चित गर्नलाई धेरैको बलिदान पश्चात लेखिएको संविधान हो। अझैपनी यस्का चुनौती र कार्यान्वयनका पाटाहरु छन्, कसैले यस्लाई निमोठ्न खोजेकाे देखिन्छ तर युवाहरु सचेत हुनुपर्छ। संविधानका जनताका मौलिक हकहरु र लेखिएका कुराहरु पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ। राष्ट्र हितको लागी संशोधन गरिनुपर्ने कुरा भए सुधारिनुपर्छ तर संविधान प्रति कुठाराघात भएमा सचेत नागरिकहरुले प्रतिकार गर्न जरूरी छ।
पत्रकार महासंघका यूएईका सदस्य उमाकान्त पाण्डेले पत्रकार र नागरिकको वाक स्वतन्त्रता संबिधानमा रक्षा भएको तर विगतमा लेखेकै, बोलेकै आधारमा पत्रकारहरुले दुःख पाईएको बताए।
पत्रकार महासंघ यूएईको तर्फबाट बोल्दै पाण्डेले भने- आफ्नो राष्ट्र र राष्ट्रियतालाई बचाउने जिम्मा दुतावासको हो,संविधानमा उल्लेखित अधिकार खोजीरहंदा नागरिकलेपनी आफ्नो कर्तव्य निभाउनुपर्ने बताए। त्यसका लागी सबैले उत्तिकै प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।
पत्रकार संधै बिपक्षमा रहन्छ तर राम्रो कामको प्रसंशा र नराम्रो काममा प्रश्न उठाउंछ। आम श्रमिकको पक्षमा आवाज उठाउंदै गर्दा पत्रकार या नागरिकले एन.आर.एन.ए लगाएत विभिन्न समाजहरुप्रति टिकाटिप्पणी गर्छन् त्यस उपर नेतृत्वकर्ताले आम नागरिकलाई सताउने , क्रिया प्रतिक्रिया नजनाउने गरे सामाजिक सद्भभाव कायम रहन मद्दत मिल्ने पाण्डेको भनाइ थियो ।
नेपाली समाजहरुका श्रमिक अगुवाहरू,राजनीतिक दलका भातृ संगठनहरुका प्रमुखहरु, उपस्थिति रहेको कार्यक्रममा डाक्टर अनिता घिमिरे, महिला रेस्लर भगवती खड्का, पत्रकारहरु बुद्धिजीवीहरु, ब्यवशायी, बैंकर्स हरुको उपस्थिति थियो ।
कार्यक्रमका अध्यक्ष राजदुत तेज बहादुर क्षेत्रिले-आजको दिन विशेष दिन, महान दिन, शुभकामना दिएर हर्षोउल्लास मनाउने दिन हो, जनताका आवश्यकता हेरेर संशोधन गर्ने विषय त राजनीतिक दल र नागरिक समाजले गर्नेनै छ। हाम्रो देश धनी छ तर हामी आर्थिक रुपमा गरीब छौं। देशको सम्वृद्धि नभए सम्म हाम्रो इज्जत हुंदैन। आफ्नो क्षेत्रबाट सबैले आफ्नो परिवार,समाज, राष्ट्रलाई योगदान दिनुपर्ने समस्या र चुनौतीलाई सबैले मिलेर हलगर्नुपर्ने बताउंदै संविधान दिवसको सबैलाई शुभकामना दिएका थिए।
संविधान दिवसको शुभकामना आदान-प्रदान पछी एन.आर.एन.ए. तथा नेपाली समाजहरुका अगुवाहरुले भर्खर उपनियोग प्रमुखको कार्यभार सम्हालेकी रंजिता दाहाललाई स्वागत गरेका थिए।
नेपाली दुतवासले संविधान दिवसकै दिन बिहीवार नेपाली समुदायसँग र आगामी सोमबार बिभिन्न १ सय ३० भन्दा धेरै देशका नियोग प्रमुख, तथा युएईका उच्च अधिकारिहरुको उपस्थितीमा समेत बिशेष कार्यक्रम गरेर संविधान तथा राष्ट्रिय दिवस मनाउन लागेको जनाएको छ ।

