काठमाडौँ । संविधान दिवसको अवसरमा आज देखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर आज बिहीबार फेरि उद्घाटन गरिने छ । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुन लागेको छ ।
२०७२ मा विनाशकारी भुकम्पका कारण भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको बुझिएको छ ।
