झापा । नेकपा (एकीकृत समाजवादी) भद्रपुर नगर कमिटीद्वारा आयोजित नगर भेला, शपथग्रहण, तथा सम्मान कार्यक्रम भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।
नगर अध्यक्ष पदम लिम्बुको अध्यक्षता प्रमुख अतिथी पार्टीको पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री माननिय खिनु लोङ्वा, विशिस्ट अथिति पोलिट व्युरो सदस्य अशेष घिमिरे, केन्द्रिय सदस्यहरु पुष्प पोखरेल, निलमणि वराल, चन्द्रा श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मी केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु विष्णु शिवाकोटी, गंगा ओली, तारा रुचाल, जिल्ला कमिटी उपाध्यक्ष वासु दुलाल, सचिव विपि भट्टराइ, पर्शुराम संकर लगाएतका जिल्ला कमिटीका सदस्यहरुको उपस्थिती रहेको थियो।
सो भेलाले अनेमसंघ समाजवादी नगर कमिटी कल्पना पोखरेलको अध्यक्षतामा उपाध्यक्षद्वय लक्ष्मी डागी, कमला शिवाकोटी, सचिव सुनिता खजुम लिम्वु, कोषाध्यक्ष सविना हाडा लगायत ३३ सदस्य कमिटी निर्माण गरिनुको साथै नर वहादुर थापा (नरेश)को नेतृत्वमा ९ सदस्य युवासंघ गठन भएको छ।
कम्युनिष्ट पार्टीको धरोहर मानिएका पुरानो कम्युनिष्ट नेता तथा सबै कम्युनिष्टहरुको गुरु एवं नेकपा-एकीकृत समाजवादी पार्टीको केन्द्रिय सल्लाकार परिषद सदस्य विष्णु शिवाकोटीलाई सम्मान गरिएको छ ।
कार्यक्रमको सन्चालन नगर कमिटी सचिव सानु कुमार लामा र स्वागत कमिटी उपाध्यक्ष देवी अधिकारी ले गर्नु भएको थियो ।
