विराटनगर । ईसाई समाज विराटनगरले १३ औं वार्षिक साधारणसभा ख्रिष्टिय सामुदायि मण्डलीमा बुधबार सम्पन्न गरेको छ। सोहि अवसरमा तत्काल रक्तदाता समुहसँगको सहकार्यमा समाजको कार्यालय रहेको प्रागंणमा खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरिएको थियो।
मासिक संगति समापन संगै १३ औं साधारण सभा सचिव पास्टर युवराज प्रधानले संचालन गर्नुभएको थियो। सल्लाहकार रेभ मोहन सुव्वाको प्रार्थनावाट शुरुवात गरिएको कार्यक्रममा समाजका कोषाध्यक्ष्य पास्टर अमृत मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै ईसाई समाज विराटनगरका अध्यक्ष पास्टर सुरज मल्लले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन एवं आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको थियो ।
साधारण सभामा मोरगं ईसाई समाजका अध्यक्ष रेभ नवीन कुमार राई, प्रदेश ईसाई समाजका सल्लाहकार विशप जोसेफ सोरेन तथा डाक्टर शेमलाल हेम्व्रमले शुभकामना मन्तव्य राख्नुभएको समाजका सचिव प्रधानले बताउनुभयो।
सभामा विराटनगरमा स्थित आदर्श मण्डलीका पास्टर शुशिल श्रेष्ठले बाइबलबाट वचन प्रचार गर्नुभएको थियो। कार्यक्रम संस्थापक अध्यक्ष रेभ याद वहादुर कार्कीको आशिषको प्रार्थनाका साथ कार्यक्रम समापन भएको थियो।
खुल्ला रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको तत्काल रक्तदाता समुहका सुरेन मल्लले बताए ।
