झापा । झापाको शिवसताक्षी १ धरमपुरमा रहेको साथी बहुउद्देश्यीय सहकारी सस्थाले आज तेस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाको आफनै सभाहलमा आयोजित साधरण सभाको उद्घाटन वडा नम्बर १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्गले गरे ।
उक्त अवसरमा सस्थाका अध्यक्ष दिलबहादुर लिम्बुले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।उनले सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतिहका बाबजुत पनि आ.व. २०८०/०८१ मा ३ करोड ४ लाख ५२ हजार ५ सय ८२ रुपैयाँ कारोबार गर्न सफल भएको जानकारी दिए । संस्थाले बचत अवधि मै सदस्यमा करिब २ करोड ५२ लाख ८८ हजार ८ सय १२ रुपैयाँ बढी ऋण लगानी गरेको छ। त्यस्तै संस्थाले १ लाख ४० हजार ३ सय ७९ रुपैया बढीको कोष निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शेयर पुँजी ५४ लाख १५ हजार ५ सयको करोड हाराहारीमा संकलन गर्दै ३ करोड ४ लाख ५२ हजार ५ सय ८२ रुपैया ८८ पैसा भन्दा बढीको वासलात बनाउन सफल भएको अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाले सो अवसरमा २ जना उत्कृष्ट रिणि लाई नगद सहित प्रशङ्शा पत्र द्वारा सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा बिनोद अग्रवाल र सबिना चेम्जोङ खेवा रहेका छ्न । त्यसै गरि उत्कृष्ट बचतकर्तामा भिम प्रसाद सेर्मा र चतुर्मान राई रहेका छ्न । उनी हरुलाइ पनि नगद सहित प्रसङ्शा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ले सहकारीले बचत गर्ने बानी बसाल्दा ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । सहकारीबाट ऋण स्वरुप रकम निकाले साना तथा घरेलु उद्योग चलाउन सकिन्छ । उनले भने, त्यसमा इमान्दारिता र इच्छा शक्तिको आवश्यता पर्दछ । सहकारी नेपालमा भित्रिएसँगै धेरै रोजगारीको अवसर दिएको उनको भनाई थियो । कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् । त्यसलाइ नियम गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको अध्यक्ष चेम्जोङ्ग्ले बताए ।
त्यस्तै सस्थाको बार्षिक साधरण सभाको अवसरमा शुभकामना मन्तव्य राख्ने क्रममा सन्चारकर्मी तथा बालसेवा आधारभुत बिध्यलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले साधारण सभामा शेयर सदस्यहरुले हाजिरी मात्र गरेर हिड्ने प्रचलन बढेकोले यस्तो प्रचलनले संस्था कसरी चल्दैछ आफुले बचत गरेको रकमको अवस्था के छ, भन्ने कुरा सबै जानकारी नहुने भन्दै सबैलाई बन्दसत्रमा बसेर आफ्ना कुरा राख्न आग्रह गरे ।
कार्यक्रममा धरमपुर बजार ब्यबस्थापन समितिका सचिब मोहन सिन्चिउरी सन्चारकर्मी देशराज नेम्बाङले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको व्यवस्थापक प्रतिमा राइले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सस्थाको कोषाध्यक्ष पुनम सम्बाहम्फेले गरेकी थिइन ।

