काठमा। बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् ।
राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन् ।
बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुमाथि समेत प्रहार भएको हो । प्रहारबाट १७ बर्षकी जेठी छोरीको हात आधा भन्दा बढी काटेको र कान्छी छोरी १५ बर्षीय जमुना राई समेत घाईते भएकी छन् ।
उनिहरु दुवैकाे स्थानीय सामुदायिक प्रसुति अस्पतालमा सामान्य उपचार पछि रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको सामुदायिक अस्पताल निजगढका डा.सरोज कुमार कुश्वाहाले बताएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताएको छ ।
हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको कुश्वाहाले बताए भने, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ ।
