शिवसताक्षी । झापाको झिलझिलेमा सेवा केन्द्र रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारीले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। झापाको दमकमा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीले आइतबार झिलझिले सेवा केन्द्रको इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।
शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेवदिनले पानसमा बत्ती बालेर उद्घाटन गरेको साधारण सभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतिहका बाबजुत पनि आ.व. २०८०/०८१ मा ७३ करोड १० लाख बढी बचत संकलन गर्न सफल भएको जानकारी दिए । संस्थाले बचत अवधि मै सदस्यमा करिब ९९ करोड ५० बढी ऋण लगानी गरेको छ। त्यस्तै संस्थाले १३ करोड ९५ लाख बढीको कोष निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वित्तीय संकट चलिरहेको अवस्थमा पनि संस्थाले ४३ प्रतिशतको हारिहारीमा बाह्यि ऋण घटाई २१ करोडबाट ११ करोडमा झार्न सफल भएको अध्यक्ष बरालले बताए । संस्थाले शेयर पुँजी ११ करोड ११ लाखको हाराहारीमा संकलन गर्दै १ अर्व १६ करोडको भन्दा बढीको वासलात बनाउन सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल सहकारीले ५ ओटा शाखाहरु सञ्चालन गरेको छ । जसमा सुरुङ्गा, झिलझिले, उर्लाबारी, गौरादह र कमल गाउँपालिकामा रहेका छन् । संस्थाले आ.व. २०८०÷८१ मा कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार गर्ने घोषणा गरेको छ। स्वर्णलक्ष्मी सुनिश्चित बाल भविष्य सम्मान कार्यक्रम अन्तर्गत बालबचत तर्फ तेन्जीङ्ग तामाङ्ग, रेन्जीहाङ्ग राई, यान्सुहाङ्ग सुब्बा, परि सुनुवार र वाउहाँङ्ग लिम्बुलाई प्रदान गरिने छ । त्यसै गरी विभिन्न विधाका बचत कर्ताहरुमा कुलप्रसाद गुरागाई, तोया रेग्मी, चन्द्रलाल सुवेदी, सुनिता बस्नेत, नेत्रबहादुर तामाङ्ग, आसमाया सेरेङ्ग, भारत लिम्बुलाई संस्थाले सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा कमल गर्तौला, निर्मल धिमाल, निखिल उप्रेती, दिपक क्षेत्री, रन्जिता बस्नेत, कुमार घिमिरे, कविता निरौलालाई सम्मान गर्ने घोषणा गरेको छ । सहकारी सञ्चारकर्मी सम्मान तथा पुरस्कारतर्फ सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने सञ्चारकर्मी विष्णुप्रसाद पोख्रेललाई सम्मान गर्ने संस्थाले जनाएको छ । उनीहरुलाई संस्थाको केन्द्रिय कार्यालयमा हुने मान्युट प्रमाणिकरण कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिने संस्थाले जनाएको छ । साधारणमा झिलझिलेमा रहेको सामुदायिक हललाई ४ ओटा सिलिङ्ग फेन संस्थाले दिने घोषणा गरिएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले सहकारीले बचत गर्ने बानी बसाल्दा ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । सहकारीबाट ऋण स्वरुप रकम निकाले साना तथा घरेलु उद्योग चलाउन सकिन्छ । उनले भने, त्यसमा इमान्दारिता र इच्छा शक्तिको आवश्यता पर्दछ । सहकारी नेपालमा भित्रिएसँगै धेरै रोजगारीको अवसर दिएको उनको भनाई थियो । कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् । त्यसलाइ नियम गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको अध्यक्ष फेउदिनले बताए ।
त्यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले साधारण सभामा शेयर सदस्यहरुले हाजिरी मात्र गरेर हिड्ने प्रचलन बढेको बताए । उनले यस्तो प्रचलनले संस्था कसरी चल्दैछ आफुले बचत गरेको रकमको अवस्था के छ, भन्ने कुरा सबै जानकारी नहुने भन्दै सबैलाई बन्दसत्रमा बसेर आफ्ना कुरा राख्न आग्रह गरे । कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आइतराज लिम्बु, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका विभागिय प्रमुख माधव प्रोख्रेल, शुलभ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश प्रधान, शिवसताक्षी उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण खरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले गरेका थिए ।
