झापा । गत भदौ १० गते सम्पन्न दमक नगर ईसाई समाजको अधिवेशन पछि नवकार्यसमितिको पहिलो बैठक आज (आइतबार) सम्पन्न भएको छ । दमक स्थित टिटाइमको सभा हलमा ईसाई समाजका वर्तमान अध्यक्ष पास्टर हेमन्त सुब्बाको अध्यक्षतामा भएको छलफलमा नगर ईसाई समाजको २९ औं वार्षिकोत्सब तथा दोस्रो अधिवेशन बारे समिक्षा गरिएको थियो ।
सो बैठकमा दमक नगर ईसाई समाजको समिति सल्लाहकारका लागि निवर्तमान अध्यक्ष पास्टर धन कुमार राई (आकाश), पुर्व अध्यक्ष पास्टर दावा नोर्वु शेर्पा, पास्टर राज कुमार राई, पास्टर एक बहादुर सुनवार (किशोर) लाई राखिएको छ ।
सोहि बैठकद्वारा आमा दिदीबहिनी समिति र युवा समितिको अधिवेशन यहि असोज २१ गते गरिने भनि निर्णय भएको छ ।
निवर्तमान अध्यक्ष पास्टर धन कुमार राई (आकाश) को संयोजकत्वमा ५ सदस्यीय निर्वाचन छनौट समिति बनिएको छ । समितिको सदस्यहरुमा पास्टर दावा नोर्वु शेर्पा, पास्टर राज कुमार राई, पास्टर एक बहादुर सुनवार (किशोर) र पास्टर हेमन्त सुब्बा रहेका छन ।
आज बसेको पहिलो बैठकले दमक नगर ईसाई समाजको संचार विभाग संयोजकत्वमा पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेतलाई सर्वसम्मतिमा चयन गरिएको छ । जसमा नगर ईसाई समाजको गतिविधि र सुचना सञ्चार माध्यम बाट प्रवाह गर्न सुझाइएको छ।
दमक नगर ईसाई समाजको नयाँ समितिले २ वर्षे कार्यकालमा आफ्नो कार्यालय भवन निर्माण गर्ने योजनालाई मुख्य योजना बनाएको छ। जस्को लागि चाडै नै बृहत भेला बसि ठोस निस्कर्षमा पुगिने समाजका सचिव पास्टर अजय पाठकले बताए ।

