डिकेन्द्र बस्नेत, झापा । झापाको कमलमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालले अन्तरंग विभाग संचालन गर्ने भएको छ। कमल गाउँ पालिकामा रहेको ५० सैया बेड भएको अस्पतालले ३ वर्षमा आएर विशिष्ट सेवा दिन सक्ने क्षमतामा पुगेको आज पत्रकार सम्मेलनमार्फत बताइएको छ।
अस्पतालका निमित्त प्रमुख डा. सिद्धान्त ठाकुरका अनुसार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा यहि भाद्र २३ गते अस्पतालको औपचारिक रुपमा सेवा विस्तार गरिने बताउनुभयो। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाले नयाँ प्रविधिका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएपछि थप सेवा विस्तार थाल्ने डाक्टर ठाकुरले जनाए ।
उदघाटनको दिन भिडियो एक्सरे , एक्सरे, इसिजि, ल्यावका सेवाहरु समेत निःशुल्क गर्ने जानकारी दिएको छ। संघीय सरकारको झण्डै २० करोड रुपैया लगानीमा निर्माण भएको आयुर्वेदिक अस्पतालमा पछिल्लो समय दैनिक सय जना भन्दा बढी बिरामीले सेवा लिदै आएका छन। अस्पतालमा अन्तरंग सेवा र बिमा सेवा सञ्चालन गरेपछि बिमारीको संख्या वृद्धि हुने अस्पताल प्रशासनले जनाएको छ।
प्रादेशिक आयुर्वेद अस्पतालले १९ जना दरबन्दी गरेको छ भने
आइपिडि अर्थात अन्तरंग सेवा नेपालकै लागि तेस्रो अस्पताल रहेको जनाए ।
