Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डाँफे सामुदायिक सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा सम्पन्न : पत्रकार विस्णु पौडेल सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2024
36 shares

डिकेन्द्र बस्नेत, झापा । बिहिबार झापाको दमकमा डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री राना मगरले मुलुकको अर्थतन्त्रका तीन खम्बा मध्येको एक सहकारी भएको बताउँदै उत्पादन र रोजगारका क्षेत्रमा सहकारीहरुले एकीकृत योजनासहित अघि बढ्नु आवश्यक रहेको बताउनुभयो।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले सहकारी संस्थाहरुबीचको एकीकरणका माध्यमबाट पुँजी बृद्धि गरेर उत्पादनमुलक योजनामा लाग्न सहकारीकर्मीहरु लाई आग्रह गरेका छन् ।

डाँफे सामुदायिक साकोसका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको माइन्यूट प्रमाणिकरण तथा समापन कार्यक्रमको अवसरमा संस्थाले बर्षेनी गर्दै आएको ज्येष्ठ नागरिक सम्मानबाट धरमपुर निवासी ८८ बर्षीय टिकाराम अधिकारीलाई सम्मान गरियो ।

त्यसैगरी डाँफे सहकारी उत्कृष्ट पत्रकार मार्फत निष्कर्ष न्यूजका सम्पादक बिष्णु पौडेल नगदसहित सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मान अन्तर्गत धरमपुर सेवा कार्यालयका प्रमुख योगेश अधिकारीलाई पुरस्कृत गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री रानामगर, विशेष अतिथी कोशी प्रदेश सभा सदस्य होमबहादुर थापा लगायतले सम्मान गरेका हुन् । सो अवसरमा कोशी प्रदेश सभा सदस्य थापाले सहकारीहरुले बचत तथा ऋणको कारोबारलाई मात्रै प्राथमिकता नदिई सदस्यहरुको सेवामुखी कार्यक्रमहरु अघि सार्नुपर्ने सुझाए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कोशी प्रदेश उपाध्यक्ष चन्द्रा खड्का (भट्टराई), जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले, मेची सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल लगायतले सहकारी क्षेत्रमा बढ्दो चुनौतीका सामना गर्न सहकारी अभियान्ता र सहकारीकर्मीहरुबीचको बलियो एकता कायम हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्थाको बार्षिक प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै संस्थाका अध्यक्ष न्यौपानेले संस्थामा सदस्यहरुको सक्रिय भुमिका अनिवार्य गर्ने नीति ल्याइएको जानकारी दिए । संस्थाले सहकारी शिक्षालाई सबै सेवा केन्द्रहरुको क्षेत्रमा विशेष प्राथमिकतासाथ अघि बढाइने जनाउ पनि दिए ।

सो संस्थाले हरेक बर्ष संस्थाको नीति अनुसार असल कारोबार गर्ने सदस्यहरुलाई ग्रीन कार्डको व्यवस्था गरेको र ग्रीन कार्ड पाउने सदस्यहरुलाई विशेष सेवा सुविधाहरु रहेको उल्लेख गरे । गत आर्थिक बर्ष २०८० – ०८१ म त्यस्तो असल कारोबार गर्ने ७ जना सदस्यहरुलाई यस बर्ष ग्रीन कार्ड प्रदान गरिएको संस्थाका व्यवस्थापक टंक निरौलाले जानकारी दिए ।

बुद्धशान्ति ३ का खेमप्रसाद कोइराला, विर्तामोड ८ की हिमादेवी विष्ट, कमल झापाका रामविर राई र सरण राई, दमक ४ की बिष्णुकमारी दर्जी, गौरादह १ का सन्तोष बिमली र गौरादह ७ की रञ्जु साह, हल्वाईलाई यस बर्ष ग्रीन कार्ड प्रदान गरिएको हो ।
संस्थाले अघिल्लो बर्ष १ हजार ८ सय ७० जना सदस्य बृद्धि गर्ने लक्ष्य राखिएकोमा ४०२ जना बृद्धि गरिएको चालू आर्थिक बर्षमा १ हजार २१ जना बृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

सो अवसरमा लेखा समितिका तर्फबाट संयोजक हेमचन्द्र खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव केशवशरण अधिकारीले गरेका थिए ।

सो संस्थाले गत भाद्र १२ गते सुरुङगा सेवा केन्द्रबाट इकाइगत साधारण सभा शुरु गरेको थियो । बुद्धशान्ति, गौरादह, धरमपुर, विर्तामोड र उर्लाबारी सेवा केन्द्रहरुमा यसअघि इकाइगत साधारण सभा सम्पन्न गरेर आज दमक क्षेत्रका शेयर सदस्यहरु सहित साधारण सभाको औपचारिक समापन गरिएको व्यवस्थापक निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved