डिकेन्द्र बस्नेत, झापा । झापाको दमक १ मा भएको गौ हत्याको विषयलाई लिएर राप्रपा आन्दोलनको तयारीको विषयमा राप्रपा दमक पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि ध्यानकर्षण गरेको छ। जस्मा राप्रपा पार्टी प्रदेश, जिल्ला र नगर समितिका सदस्यहरु साथै ब्राह्मण समाज नेपालका सदस्यहरुको उपस्थितिमा बुधबार पत्रकार सम्मेलन गर्दे आन्दोलनको तयारीमा रहेको बताएका छन।
पत्रकार सम्मेलन पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समिति र ब्राह्रमण समाज नेपाल झापाले गाई काटनेलाई कानुनी दायरामा ल्याउन इलाका प्रहरी कार्यालय दमकलाई ध्यानकर्षण पत्र बुझाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर अध्यक्ष हेम सुवेदी र ब्राह्रमण समाज झापा अध्यक्ष भुपेन्द्र न्यौपानेले इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापालाई छुटाछुटै ध्यानकर्षण पत्र बुझाएका हुन ।
ध्यानकर्षण पत्र बुझाएपछि आफनो भनाई राख्दै राप्रपा दमक नगर अध्यक्ष सुवेदीले हाम्रो आवाजलाई वेवास्ता गरिएमा विभिन्न चरणमा आन्दोलन गर्न वाध्य हुने बताउनु भयो । यसै गरी ब्राह्रमण समाज झापाका अध्यष न्यौपानेले गाई गोरु काटने काम सामाजिक सद्भाव भडकाउने मात्र नभइ कानुनी अपराध भएको बताउर्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई अपिल गर्नु भयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख थापाले दुई वटै ध्यानकर्षण पत्र बुझेपछि घटनाको विषयमा जानकारी दिदै घटनाको जानकारी आउन साथ प्रहरी परिचालन गरी घटनाको मुचुल्का गरी सकेको बताउनु भयो ।थप घटनाको अनुसन्धान जारी रहेको र यसलाई चाँडो निष्र्कषमा पुराउन लागि पर्ने प्रमुख थापाले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
यहाँहरुलाई जानकारीमा भएको आवश्यकसूचनाहरु उपलब्ध गराई सहयोग गर्न पनि उहाँले आग्रह गर्नु भयो । यसै गरी नेकपा एमाले दमक नगर कमिटीले आजै प्रेस विज्ञप्ती निकालेर गौ हत्याको घटनाको घोर भत्सना गरेको छ । एमाले दमक नगर अध्यक्ष राम पौडेल र सचिव गिरेन्द्र चम्लागाई द्धारा जारी विज्ञप्तीमा दोषीलाई कडा कारवार्ही गर्नुु पर्ने माग रहेको छ ।
समाजमा सामाजिक सद्भाव कायम गर्न पनि एमाले दमक नगर कमिटीले अपिल गरेको छ । यस अघि राप्रपा र ब्राह्रण समाजले पत्रकार सम्मेलन गरी विज्ञप्ती जारी गरी सकेको छ ।दमक १ स्थित पाङमी चोक नजिकै विश्वकर्मा वावा मन्दिर छेउको खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा लक्ष्मण विष्टको गोठमा बाँधी राखेको गर्भिणी गाईको भदौ १८ गते राती गौ हत्या भएको थियो ।
अज्ञात समुहले स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा बन्चरो हानेर गाई मारेको पाइएको हो । घटनास्थलमा प्रहरी र जनप्रतिनिधि सहित स्थानीयहरु बिहानैदेखी ठूलो संख्यामा भेला भएका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या गरी खुन र घाँटी, गर्धनको मासु काटेर लगेको अवस्थामा गौ फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

