Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओली सरकारलाई प्रदेश १ बाट चेतावनी “खुवालुङ ढुङ्गा फुटाउनेको हातखुट्टा काटि दिन्छौ”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
204 shares

संघीय सरकारले बजेट भाषणमार्फत् किराँत धर्म संस्कृतिसँग जोडिएको सप्तकोशीको नदी बीचमा पर्ने खुवालुङ ढुङ्गा फुटाउने योजनाको प्रदेश १ सरकार काउन्टर दिएको छ । आइतबार प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यले उठाएका विषयलाई मुख्यमन्त्री राईले किराँत धर्मसंस्कृतिसँग जोडिएको खुवालुङ ढुङ्गा फुटाउने भन्दापनि संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री राईले प्रधानमन्त्ती केपी शर्मा ओलीको खुवालुङ ढुङ्गा फुटाउने आदेश आएपनि प्रदेश सरकार संरक्षणको अभियानमा पछि नहट्ने दाबी गरे । उनले खुवालुङका बारेमा सस्तो, गलत र भाम्रक प्रसार गरि राजनीतिककरण गरी फाइदा उठाउने विभिन्न समुह सक्रिय रहेको दाबी गरे। उनले खुवालुङ ढुङ्गा मात्र नभएर किराँतहरुको संस्कृतिसँग जोडिएको ढुङ्गा रहेकाले त्यसको संरक्षणमा सरकार जुट्ने बताए । मुख्यमन्त्री राईले कोशी नदीको मुख्य बहाबमा पर्ने खुवालुङ ढुङ्गा लाई संरक्षण गरी जल यातायातको विकास गर्ने प्रदेश सरकारले नीति रहेको प्रष्ट पारे ।

गएको बिहीबार प्रदेश सभामा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी केही प्रदेश सभासदस्यले खुवालुङ ढुङ्गा फुटाउने संघीय सरकारको नीतिका बारेमा प्रदेश सभाको धारण मागेका थिए । प्रदेश १ सरकारले किराँत धर्म संस्कृतिसँग जोडिएको सप्तकोशीको नदी बीचमा पर्ने खुवालुङ ढुंगाको संरक्षण गर्नेसहितका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जल यातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिने छ,प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको १३५ नम्बर बुँदामा उल्लेख ५। तर गत जेठ १५ गते संघीय सरकारले किराँत संस्कृति जोडिएको ‘खुवालुङ ढुङ्गा’ फुटाउने घोषणा गरेको थियो। कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बजेट भाषणमा उल्लेख गरेपछि यो विषय विषय झन् विवादित बनेको छ।

सरकारले आगामी आर्थिक वर्षदेखि कोशी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने उल्लेख गरेपछि किराँत समुदाय, नागरिक अभियन्ताले सरकारको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved