Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अल्पसंख्यक माथिकाे दमन नराेके सडक आन्दाेलन गर्ने चेतावनि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 4, 2024
108 shares

काठमाडौं । पछिल्लो समयमा देशभरी अल्पसंख्यक समुदायमाथि हस्तक्षेप हुँदा पनि सरकार मुखदर्शक भएर बसेको वक्ताहरुले आरोप लगाएका छन् । बुधबार राजधानीको संवाद डबलीमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रमा वर्तमान ओली सरकार गैर जिम्मेवार भएकोसमेत आरोप लगाएका छन् ।

पूर्व गृह–राज्यमन्त्री रिजवान अन्सारीले काँग्रेस–एमाले गठबन्धन सरकार नयाँ व्यवस्थामाथि सयर गरेर बने पनि उनिहरु पुरातनवादी भएकोले अल्प संख्यकमाथिको ज्यादतिप्रति शंवेदनशील नभएको आरोप लगाए । हालै नवलपरासी, सिराहा, रौतहटलगायतका जिल्लाहरुमा चर्च तथा ख्रिष्टियनहरुमाथि र मलङ्वा, सुनसरीलगायतका ठउँमा मुश्लिमहरुमाथिको हमलाको स्मरण गर्दै अन्सारीले सो ज्यादति गर्ने व्यक्तिहरुलाई कारबाही गर्नुको सट्टा सरकारले नै संरक्षण गरेकोप्रति रोष व्यक्त गरे ।

आमुल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले पूर्व गृहमन्त्री रवि लामिछाने सरकारमा हुँदा अल्पसंख्यक धार्मीक समुदायलाई दबाउने नियतले सबै जिल्ला प्रशासनलाई परिपत्र गरेका कारण अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताए । कामीले रास्वपा सभापतिसमेत रहेका लामिछाने संविधान र देशको कानुन विपरित गएकोले उनलाई ‘भेडाको भेषमा आएका ब्वाँसो’को संज्ञा दिएका छन् । वर्तमान ओली सरकार पनि लामिछाने कै बाटोमा रहेको तथा बुढो साँढेले गाई ओगटेको जस्तो भएको आरोप लगाए । सो ज्यादति विरुद्ध आफ्नो पार्टी भोलिदेखि माईतिघर मण्डलामा धर्ना बस्ने पनि जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालका अध्यक्ष डा.जित घलेले पूर्व गृहमन्त्री रावि लामीछानेले सहकारी ठगीको आफ्नो कर्तुत लुकाउन अल्पसंख्यकलाई पेल्ने नीति लिएको आरोप लागए । पछिल्लो समयमा ज्यादति खेपिरहेका अल्पसंख्यक समुदयलाई आफू नेतृत्वको मानव अधिकार केन्द्रमा दर्ज गराउन समेत सुझाए ।
अन्तर धार्मीक संवाद तथा समन्वय समितिका संयोजक डा.विपी खनालले नियोजित ढंगले अल्पसंख्यक ख्रिष्टियन समुदायका मानिसहरुलाई प्रहरीकोसमेत मिलेमतोमा फसाउने कार्य भएकोले तत्काल बन्द गर्न चेतावनी दिए ।

राष्ट्रिय ख्रिष्टयन महासंघ नेपालका कार्यबहाक अध्यक्ष उद्धब प्रसाद चिमोरियाले नेपालमा ख्रिष्टियन समुदायले शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुमा कार्य गरेको र त्यसबाट जनताले व्यापक सुविधा पाएकोे बताउँदै ख्रिष्टियनको योगदन नभूल्न सबैलाई अपिल गरे । चिमोरियाले ख्रिष्टियनले बनाएका शिक्षण संस्था र अस्पतालबाट सेवा लिने तर तिनै समुदयलाई घृणाको दृष्टिले हेर्ने कार्य विरोधाभाषपूर्ण रहेको बताउँदै भने,“देशभरी अल्पसंख्यकमाथिको ज्यादति कहिलेसम्म सहने ।” ‘संविधानले तोकेको अधिकारका पाउनको निम्ति सडक आन्दोलन नै गर्नु पर्ने हो भने हामी तयार छौं, र कसैले गर्ने न्यायोचित संघर्षमा समर्थन दिन्छौं’ चिमोरियाले थपे ।

सो महासंघका सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले अल्पसंख्यकहरुमाथिको अन्यायपूर्ण हर्कतलाई सरकारले नरोके देशभरी आन्दोलन चर्काउने समेत चेतावनी दिए ।
सो कार्यक्रमलाई महासंघका उपमहासचिव उपेश नौवागले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved