Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डुडामारी मिनि महोत्सवमा भदौ १९ देखि हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 2, 2024
[webverse_shares]

झापा । लागुऔषध र दुव्र्यसनको प्रयोगले हुने क्षतीको न्यूनिकरण र नियन्त्रणमा स्थापना भएको नयाँ गोरेटो प्रतिष्ठानले झापाको डुडामारीमा भदौं १९ गतेदेखि डुडामारी मिनी महोत्सव आयोजना गरेको छ ।

गीतसंगीतको माध्यमद्धारा युवाहरुलाई लागुऔषध र दुव्र्यसनबाट बचाउन शिबसताक्षी–८ डुडामारीमा रहेको नयाँ गोरेटो प्रतिष्ठानले डुडामारी हाउजी तता मिनी महोत्सव आयोजना गरिएको हो ।

आइतबार, डुडामारीस्थित जुङ्गे (पिपल) चौकमा रहेको नयाँ गोरेटो प्रतिष्ठानको कार्यालयमा पत्रकारहरुसंगको भेटघाटमा यस्तो जानकारी गराएको हो । प्रतिष्ठानका सचिव बालाहाङ सुब्बाले संस्थागत बृद्धि विकासका निम्ति र पुनस्र्थापनाका लागि त्यहाँ आश्रित युवाहरुको सेवासुविधाका लागि डुडामारी हाउजी तथा मिनी महोत्सव आयोजना गरिएको सचिव बालाहाङले बताए ।

१९ भदौंबाट सुरु हुने डुडामारी हाउजी तथा मिनी महोत्सव सञ्चालन हुने स्थलको सजिसजावट भइरहेको छ । त्यहाँ, हाउजी बिङ्गो तम्बोला खेलसहित विभिन्न खेल तामासाहरु हुनेछ । त्यसैगरी, महोत्सव अवधीभर राष्ट्रिय कलाकारहरु रचना रिमाल, एलिना चौहान, ज्योती मगर लगायत दर्जनौ गायक–गायीकाहरु र हास्यकलाकारहरुको प्रस्तुती रहने छ ।

डुडामारी मिनी महोत्सव इभेन्ट मेनेजमेन्ट कनकाई फनवार्डका प्रतिनिधि खगेन्द्र गुरुङका अनुसार नयाँ गोरेटो प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन सवैप्रकारका रचनात्मक तथा सृजनात्मक भूमिका खेल्ने बताए ।

महोत्सव सम्पन्न गर्न रु ८ देखि १० लाखसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दिवाकालिन प्रवेशद्धारमा शुल्क नलाग्ने र सध्याकालिन प्रवेशद्धारमा शुल्क लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय ख्याती कलाकारहरुको प्रस्तुती साँझमै हुने भएकोले प्रवेशद्धारमा शुल्क लिइने आयोजकको भनाई छ ।

प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका स्थानीय सामाजिक अगुवा दिनेश चेम्जोङले भाद्र १९ गतेदेखि सुरु हुने डुडामारी मिनी महोत्सवलाई सफल बनाउन स्थानीयवासीहरु, संचेत युवाहरु, सामाजिका संघसंस्था, राजनीतिक दलका नेताहरु र सर्वसाधारण नागरिकले एकजुट हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य बिक्रम नेम्बाङले नेपाली महिलाहरुको महान चाडपर्व हरितालिका तीज र कुशे औंसीको अवसरमा सुरु गरिन लागेको डुडामारी मिनी महोत्सवले डुडामारीको परिचय, व्यापार व्यवसायमा बद्धि, स्थानीय सवारीसाधनको प्रयोग लगायतका क्षेत्रमा व्यवसायीक विकास हुने बताए । डुडामारी बजार व्यवस्थापन समितिका सचिव समेत रहनुभएका नेम्बाङले महोत्सव आयोजना गर्नुको मुख्य कारण नै संस्थागत विकासका निम्ति भएको बताए ।

उनले बढ्दो लागुऔषध र दुव्र्यसनको कारण पछिल्लो समय समाजमा अपराधका क्रियाकलापहरु भइरहेको र त्यस्ता क्रियाकलापहरुलाई नियन्त्रण गर्न समाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रबाट साझा भूमिका रहनुपर्ने बताए ।

डुडामारीस्थित नयाँ गोरेटो प्रतिष्ठानमा हाल ३५ जना पुरुषहरु पुनस्र्थापनाका लागि बसिरहेका छन् । त्यस्तैं, प्रतिष्ठानद्धारा डुडामारीमा महिलाहरुका लागि समेत पुनस्र्थापना सेवा सञ्चालन भइरहेको सचिव बालाहाङ लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved