Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आन्दोलन किन र देश निर्माण खाका कस्तो हुनुपर्छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2024
1.4K

दावा छिरिङ शेर्पा 🖊️ हामी यतातिर थोरै समय दिएर पढौं, समयको खेल हो के थाहा भाेली तपाईंको काँधमा पनि जिम्मेवारी थपिन सक्छ । हामी देश परिवर्तन हुने भरोसामा धेरै दलहरुलाई भोट दिएर सदनमा पठायौं, तर कसैले आम नेपाली जनताको लागि कुनै सुबिधाजन्य सेवा प्रवाहित गर्न र गराउन सकेको छैनन् सकिदैन पनि किन भने हामीले चुनेको ब्याक्ति पनि त्यस्तै खराब भएरै हाम्रो उत्साह निराशामा परिणत भएको हो ।

यो निराश हुनुपर्ने कसरी भयो भन्दा हामीले पुर्णरुपमा एकल जातीय आर्य नश्ललाई बुझ्दै नबुझि आँखा चिम्लेर भरभोसा गरेको कारण हामी बिकसित देशको तुलनामा धेरै पछाडि परेका हौँ । अब पनि हामीले आआफ्नो समुदायको तर्फबाट नेत्रित्व गर्ने क्षमता वृद्धि गरिएन भने हाम्रो सन्ततिले हामीलाई नराम्ररी धिक्कार्ने छ ।

यहानेर थाेरै फर्केर हेर्दा देशकाे हालत नाजुक बनाउनेमा काँग्रेस कम्युनिस्ट ब्रान्डमा रहेका हाम्रै आदिवासी नेता कार्यकर्ताको पनि भुमिका छ । यता होइनन् उता भन्दै पार्टीको झण्डा बाेकेर नारा लगाउन बाध्य पारेर सदनमा तिनका केपी बा: र तिनका शेरे दाइ भाउजु पठाएकोले जनताको हालत दिनप्रतिदिन झनझन नाजुक हुँदै गएको हो ।

यथार्थमा हाम्रो मन मस्तिष्कमा आफ्नो सामर्थ्यता जगाएनन् भने देशकाे महत्त्वपूर्ण स्थानमा पटकपटक आर्य नश्लकै राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री भएपनि हुनेवाला केही छैनन् । जब राष्ट्र र राष्ट्रियताको कुरा आउछ तब नियतीमै गलत सोचाइ भएका चतुरो स्याल जस्ता मानिसहरुले सत्ता कब्जा गरेकाे कारण नाजुक परिस्थिति झेल्नुपरेको सबैले महसुस हुन्छ ।

तसर्थ अबको परिवर्तन सम्भव छ कसरी भन्दा संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर सच्चा र स्वच्छ मन बचनले देशका लागि समर्पित आदिवासी रैथाने समुदायको जाे कोहि हाेस देशकाे निर्णायक स्थानमा हुनुपर्छ र त्यस स्थानमा पुग्न कुनै पनि कन्जुस्याइँ नगरि निर्धक्क संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ल्याएको १०+१ प्रान्तीय एजेन्डालाई आत्मसात गर्दै सबै समुदायको समतामूलक सहभागीले सहअस्तित्व कायम रहने गरि सहभागी बनौं ।

यही सं.लो.रा.म.काे सामुदायिक समाजवाद र बलियो अर्थ-आर्थिक (Eco-Economic) सञ्चय लागु गर्ने अत्यन्तै महत्त्वपूर्ण गृहकार्यमा सहमति जनाउँदै समृद्धि सम्भन छ हाम्रै पालामा शिर्षक एजेन्डालाई समर्थन गरौं । सबैले नेपाली भएको जिम्मेवारी बोध गरौँ । आआफ्नो क्षेत्रबाट सकेको सल्लाह सरसहयोगमा जुटौं; ।

यहाँ गरे असम्भव केही छैनन्, कुरा धेर गर्नेले काम गर्दैनन् । आर्य समुदायमा मैले आजसम्म परिवर्तन ल्याउने भिजन्दार सच्चा मनबचनले लागिपर्ने ईमानदार काेहि पनि देखिएकै छैन । भने अहिलेसम्म कुनैपनि फरक दलकाे झोला भित्र पनि भेटिएको छैन । भएपनि पुरानै राजनैतिक एजेन्डाकाे बुँदागत चाेरचार गरेर ल्याएको नीति र ब्यबस्थाहरुकाे पछि लाग्दा हाम्रो महत्त्वपूर्ण समय र तन, मन, धन खेर जाने भएकोले सोच बदलौं ।

एउटा उदाहरणका लागि चीन पुर्णरुपमा आत्मनिर्भर भएको करिब २५/३० बर्ष भयो । चीनलाई कृषिजन्य उत्पादन बढाए पस्च्यात बल्ल चीन आत्मनिर्भर भएको हाम्रै आँखाले प्रष्ट देखेकाे हो । त्यसभन्दा पहिले चीनमा भनेजस्तो खाद्यान्न उत्पादन थिएनन् । तर अन्य लत्ताकपडा र बिकास भएको थियो भने खाद्यान्न आयात गर्दा भारी रकम बाहिरीने देखेर तिब्र अनुसन्धान पस्च्यात अहिले सबैभन्दा सम्पन्न भएको छ ।

खासगरी हाम्रो देश पछाडि पर्नुको मुख्य कारण धार्मिक पुजारी धेरै भएर हो । धर्मको डरत्रास देखाएर हरेक क्षेत्रमा काम हुन्छ हुदैनन् भन्ने भविष्यवाणी गरेर निरासा दिएकैले हामी हजारौं बर्ष पछाडि धकेलिएको छ । विशेषगरी काल्पनिक हिन्दु अपवाह फैलाउने उछ्रिङकल आर्य समुदा नै रहेको देखिन्छन् । खासमा धार्मिक अन्धभक्तले बिकास हुदैनन् कि विकृतिको खाडलमा फस्ने फसाउने काम हो ।

जुन समुदाय अत्यन्तै अल्छि र चतुर दिमा खेलाएरै पेट पाल्ने भएकाले पनि हामीले पुरै विस्वास भरोसा गर्दा यो परिस्थिति झेल्नुपरेको हो । अर्को महत्त्वपूर्ण गलत के भएको छ भन्दा सत्ता सम्म पुराउने पनि हामीले नै हौँ । आर्य समुदाय नराम्रो होइनन् तर समुदायमा स्वच्छ र पारदर्शिता भन्ने विचार भाव हुदैनन् । हामीले यो कुरा बुझ्न धेरै बर्ष समय खेर फालिरहेका छौँ ।

आफ्नो र देशको परिवर्तन चाहने हो भने धार्मिक अन्धभक्त बन्नु छाडेर कर्म गर्ने बानी बसाल्नु नै बुद्विमानी हुनेछ । विकसित देशहरु कर्म गरेर नै शक्तिशाली बन्न सफल भएको छ । मिहेनत गर्नु मानिसको मुल मन्त्र हो । यहाँ धर्क विभेद, जातीय विभेद, निर्दयी माथी विभेद जस्ता सामाजिक जघन्य अपराध गर्ने धार्मिक सामाजिक कुसंस्कार हटाउन बलियो नियम लागू गर्नु जरुरी छ ।

यसो गरिएन भने दिनप्रतिदिन परिस्थिति बिकराल र भयावह अबस्था स्थिति सिर्जना हुने र अर्को जनविद्रोह हुने लगायत देश थप द्वन्द्वमा फस्ने खतरा देखिरहेको छ । यतातिर कुनै पनि बुद्धिजीवीकाे मगज पुगेको देखिदैन । जतिसुकै पढेलेखेका होस अनावश्यक कुतर्क गरेर समय खेर फाल्नु भन्दा अरु काम गरेको देखिदैन ।

त्यसैले अब सबै समुदायको हकअधिकार सुनिश्चितता र पहिचान सहितकाे १०+१ प्रान्त स्थापनाका लागि एउटै कदम एउटै आवाज एउटै उदेश्य लिएर एकपटक बृहत् रुपमा यावत समस्याको प्रतिकारमा पत्रकार, कलाकार, आदिवासी नागरिक अगुवा, जातीय सबै संघसंस्था लगायत सामाजिक उत्पिडित दलित आदिवासी समुदाय संगै सडकमा उत्रिन अनुरोध गर्दछ ।

देखक शेर्पा संघिय शेर्पा मञ्चका नेताहुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved