डिकेन्द्र बस्नेत, झापा । कोशी प्रदेश सभा सदस्य शोंभा चेम्जोङ पालुङवाले न्याय र समानतामा आधारित समाज निर्माणमा जोड दिएकि छिन। शुक्रबार मोरङको उर्लाबारी ७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले तिज मिलन कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएकि हुन।
नारी संकल्प बचत तथा ऋण संस्था उर्लाबारीद्वारा शुक्रबार आयोजित तीज मिलन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । तीजको कार्यक्रम लाउने, खाने र मनोरन्जन प्रदान खालको मात्र नभएर महिलालाई अगाडि बढाउने सन्देश दिन सक्नुपर्ने उनले बताइन् ।
सबै राजनीतिक दलको प्रमुख पदमा महिलालाई स्थापित गर्न माग गर्दै उनले त्यतिमात्र नभएर अव स्थानीय तहको निर्वाचनमा वडाध्यक्षदेखि मेयरसम्म महिलालाई टिकट दिनुपर्ने वताइन् ।
घरभित्र १८ घण्टा काम गर्दा महिलाको मुल्याकंन नहुने तर पुरुषले वाहिर आठ घण्टा काम गरेर पैसा कमाउदा बढी मुल्याकंन हुनेगरेको बताउदै उनले महिलाले घरमा गरेको कामको पनि मौद्रिक मुल्यमा जोड्न माग गरिन् ।
संविधानले मिश्रीत आर्थिक प्रणालीअन्तगर्त सरकार, सहकारी र निजी क्षेत्रको भूमिका रहनेगरी तीनखम्बे अर्थनीति व्यवस्था गरेको स्पष्ट पार्दै उनले सहकारीको विकासकालागि सबैजना लाग्नुपर्नेमा उनले जोड दिइन् ।

