Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विवादित बन्यो लुम्बिनी प्रदेश सभामा दर्ता भएको मिडिया विधेयक, पत्रकारलाई कैदसम्मका व्यवस्था

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
2.8K

बुटवल । लुम्बिनी प्रदेश सभामा दर्ता भएको ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ विवादित बनेको छ ।

गत जेठ २४ गते प्रदेश सभामा दर्ता गरिएको विधेयकमा प्रदेश सञ्चार परिषद्को गठन स्वरुप, सञ्चार माध्यमको दर्ता र नवीकरण तथा दण्ड, जरिमानाका सम्बन्धमा गरिएका व्यवस्थाहरु प्रेस स्वतन्त्रताको मर्म विपरित भएको भन्दै विवादमा तानिएको छ ।

प्रस्तावित विधेयकमा मिडिया काउन्सिलले संचार माध्यमको दर्ता नवीकरण बन्द गर्ने, ६ महिनादेखि १ वर्षसम्म कदै गर्न सक्ने दण्ड जरिवानाका प्रावधानहरू राखिएको छ । सरकारको आदेश र निर्देशन पालना नगर्ने तथा झुटो विवरण प्रकाशन गरेको लागेमा सजायको प्रस्ताव विधेयकमा गरिएको छ ।

विधेयकको आठौं परिच्छेदको दफा ६९, ७०, ७१ र ७२ मा संचार माध्ययम तथा पत्रकाहरुलाई जरिमाना र दण्डको व्यवस्था गरिएको छ । प्रेस स्वतन्त्रतासँग सरोकार राख्नेहरुले दर्ता भइसकेको विधेयक निषेधात्मक र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने खालको बताएका छन् ।

विधेयकको दफा ६९ इजाजतपत्र नलिई कुनै कार्यक्रम प्रशारण गरेमा रजिस्ट्रारले इजाजत वापत लाग्ने दस्तुर र प्रसारण वा वितरण शुल्क असुल गर्ने र सोही बराबरको रकम जरिवाना गर्न सक्ने वा एक बर्ष कैदको व्यवस्था गरिएको छ ।

दफा ७० मा दर्ता नगरी कुनै प्रकाशन प्रकाशित गरेमा त्यस्तो व्यक्तिलाई रजिष्टारले ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ भनिएको छ ।

दफा ७१ मा झुटा विवरण दिएमा १० हजार, दफा ७२ मा विवरण उल्लेख नगरेमा ५ हजार जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

विधेयकमा व्यवस्था गरिएका यी दफाहरु प्रेस स्वतन्त्रताका लागि सरकारले प्रतिवद्धता गरेका र संघीय कानून सँग बाझिएको छ ।

त्यस्तै विधेयकमा दर्ता नगरी वा दर्ता नविकरण नगरी अनलाईन सञ्चार माध्यम सञ्चालन गरेमा परिषद्ले त्यस्ता व्यक्ति वा संस्थालाई जरिवाना गरी सञ्चार माध्यम बन्द गराउन सक्ने व्यवस्था गरिएको छ । दफा ७५ मा दर्ता नगरी अनलाइइन सञ्चार माध्यम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । अनलाइन माध्यमले झुटा विवरण पेश गरेमा ५ हजार जरिवानाको व्यवस्था दफा ७६ मा छ भने ७७ मा निर्देशन उल्लंघन गरेमा १० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ । त्यसैगरी सञ्चार माध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरेमा संचार माध्यम बन्द गर्न सकिने उल्लेख छ ।
सञ्चार माध्यमको नियामक निकायका रुपमा विधेयकले परिकल्पना गरेको परिषद्को अध्यक्षका रुपमा प्रदेशका कानून मन्त्री हुने व्यवस्था गरिएको छ ।

यसले प्रदेश संचार परिषद् (मिडिया काउन्सिल)स्थापनाको सरकारी नियत ठिक नभएको पत्रकारहरुले बताएका छन् ।

पुनर्लेखन नगरे आन्दोलनमा उत्रने पत्रकार महासंघको चेतावनी

लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदबाट फिर्ता गरेर पुनर्लेखन नगरे आन्दोलन चर्काउने पत्रकार महासंघले चेतावनी दिएको छ । बरिष्ठ पत्रकार तथा संचारसम्बद्ध संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बिधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिले आयोजनामा प्रस्तावित संचार माध्यम सम्वन्धी विधेयकका विषयमा आज भएको भर्चुअल छलफल कार्यक्रममा बोल्ने पत्रकार महासंघका पदाधीकारी र बरिष्ठ पत्रकारहरुले प्रदेश सरकारले मिडीयामा अंकुश लगाउन खोजेको भन्दै बिधेयक नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रशारण गर्नुपर्ने, संचार माध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रशारण गर्नेलाई कैद तथा नगद जरिवाना गर्ने जस्ता व्यवस्था समेटिएको छ । त्यसैगरी संचार माध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरेमा संचार माध्यम बन्द गर्न सकिने उल्लेख छ । यो प्रेसलाई अंकुस गर्नका ल्याइएको बिधेयक हो,’ नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तथा बरिष्ठ पत्रकार तारानाथ दाहालले बताए ।

उनले प्रदेशमा संचार माध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमन गर्न तथा प्रदेश संचार परिषद्को स्थापनाका लागि आवश्यक व्यवस्था गर्न भन्दै संचार माध्यम ऐन, २०७८ लागू गर्न खोजिएको बताए ।

त्यस्तै विधेयक ल्याउनु पछाडीको तात्पर्य मिडियालाई नियन्त्रण गर्नु रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको बुझाई छ । विधेयकले काउन्सिललाई प्रदेशका मन्त्रीको सचिवालय जस्तो बनाउन खोजेको उनले बताए । निजामती रजिष्ट्रारले पत्रकारलाई जेल हाल्न पाउने गरी विधेयक ल्याइएकाले यसले अदालतको अवहेलना गरेको उनको भनाई थियो ।

अध्यक्ष पोखरेलले विश्वव्यापी प्रेस स्वतन्त्रताको बिरुद्ध आउन लागेको मिडिया बिधेयक संसदबाट फिर्ता गरी पुनर्लेखन नगरे पत्रकार महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताए । ‘पुनर्लेखनमा सहयोग गर्न परे जस्तो सुकै सहयोग गर्न पनि हामीहरु तयार छौं,’ उनले भने ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले संसदमा गई सकेको बिधेयक संसदबाटै फिर्ता गर्नुपर्ने बताइन् । उनले मिडियामैत्री प्रदेश बनाउन सबै लाग्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, बरिष्ठ पत्रकार डिआर घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरी, केन्द्रिय सदस्य शुसिल पोख्रेल, प्रेस चौतारीका प्रदेश संयोजक शोभाखर पन्थी, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष देवेन्द्र वर्मा, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल, दांगका अध्यक्ष दुर्गालाल केसी , नवलपरासीका अध्यक्ष हरि शर्मा, रोल्पाका अध्यक्ष नविन लोचन मगर, गुलमीका अध्यक्ष टोपलाल अर्याल, पत्रकार माधब अर्याल, टेलिभिजन संघका दिनेश पाण्डे, प्रेस मञ्चका सचिव टोपराज शर्मा, संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष अमृता अनमोल लगायतले बिधेयक फिर्ता नगरे आन्दोलका कार्यक्रम सार्बजनिक गर्नु पर्ने बताएका छन् । www.lumbinitimes.com बाट सभार

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved