Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जबसम्म मैले रविलाई विश्वास गरेँ , विना प्रश्न रविको बचाउ गरेँ : मा. मुकुल ढकाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2024
[webverse_shares]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) सांसद मुकुल ढकालले पार्टी सभापति रबि लामिछाने माथि आक्रामक अभिव्यक्ति दिन छाडेनन्।

हरेक दिन जसाे आफ्नाे फेसबुकमा रबिकाे कर्तुत सार्वजानिक गर्दै आएका ढकाललाई रास्वपाले भने पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट निस्कासन गरिसकेकाे छ।

आज ढकालले एक स्टाटसमा त रबिले  रास्वपालाई भोट हाल्ने ११,३०,३४४ मतदातालाई ठगेकाे बताएका छन् र उनले गरेका कर्तुतहरु क्रमश: ल्याउने समेत बताएका छन्, हेर्नाेस ढकालकाे फेसबुकबाट :

राजनीति एउटा यात्रा हो, जहाँ सत्यहरू क्रमशः प्रकाशमा आउँछन् र सहयात्रीहरू परीक्षित हुन्छन् । एक समय थियो जब मैले रवि लामिछानेलाई विश्वास गरेर उहाँलाई हृदयदेखि समर्थन गरेको थिएँ, जसरी उनले कुनै समय जिबी राईलाई ‘ठुलो मुटुको मानिस’ भनेका थिए ।

तर समय बदलिएको छ, परिस्थिति पनि परिवर्तन भएको छ । आज, जबाफदेहिता र निष्ठाको बारेमा प्रश्नहरू पहिले भन्दा बढी महत्त्वपूर्ण भएका छन् । जनतालाई पूर्ण सत्य जान्ने अधिकार छ, र यो स्पष्ट भएको छ कि विगतका सङ्गतहरूले पनि महत्त्वपूर्ण अर्थ राख्दछन् ।

जबसम्म मैले रविलाई विश्वास गरेँ , विना प्रश्न रविको बचाउ गरे , त्यति बेलासम्म हाम्रो सम्बन्ध ठिक थियो । तर, जब रविलाई लागेका आरोपहरूबारे उनलाई प्रश्न गर्न थाले, तब हाम्रो सम्बन्ध बिग्रन थाल्यो । सत्यताबारे प्रश्न सोध्न थालेपछि नै रवि लामिछानेले मलाई महामन्त्री पदबाट बर्खास्त गर्ने दुस्साहस गरे ।

आजभोलि, रविलाई समर्थन गर्ने मेरो पुराना भिडियोहरू भाइरल गर्न लागिपरेकाहरू कति सजिलै विगतमा रवि लामिछानेले जिबी राईलाई प्रशंसा गरेका भिडियोहरू बेवास्ता गर्दै छन् । मलाई रविसँगको सङ्गतका बारेमा प्रश्न सोध्नेहरू रविको जिबीसँगको सङ्गतबारे बोलिराखेका छैनन् । खोतल्दै जाने हो भने, जिबी राई र रवि लामिछानेको घरमा खिचिएको फोटो नै , जिबी नेपालमा देखिएको अन्तिम फोटो हुन सक्ने रहेछ । नेपालमा हुँदा जिबीले भेटेका अन्तिम मानिसहरूमध्ये रवि एक हुन् । जिबी भगाउन रविको हात छैन भनेर कसरी मान्ने ? किनभने उनले गृहमन्त्री हुँदा पनि जिबी समाउन ठोस प्रयास गरेनन् । उनी मलाई सोध्थे, कसरी समात्ने , म जवाफ दिन्थे, “आइजीलाई सोध्नु, मलाई होइन” । यस्तो किन गरिराखेका रहेछन्, बल्ल बुझ्दै छु । जिबी राई भगाउन रविको हात हुनसक्छ । संसदीय छानबिन समितिले यता पनि अनुसन्धान गरोस् ।

तथ्यहरूमा ध्यान केन्द्रित गरौँ र सबैलाई जबाफदेही बनाऔँ । नेपाली जनता जबाफदेही र पारदर्शी नेताहरूको हकदार छन् । मलाई रवि लामिछाने क्लबले असार १९ गते निलम्बन गरेको थियो भने असार २० गते सपना प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासले रवि लामिछानेमाथि सहकारीको छानबिन औँल्यायो । प्रश्न गर्ने बित्तिकै मलाई कारबाही गर्ने दुस्साहस र सर्वोच्चको फैसला, दुवै कारणले मेरा लागी परिस्थिति बदलिएको छ । परिस्थिति मात्र बदलिएन, अदालतको फैसला प्रमाण नै बनेर देखापर्यो । त्यस कारण विगत लामो समयसम्म म रविबाट ठगिएको रहेछु । रविले मलाई मात्र होइन, सहकारीका लाखौँ पीडितलाई ठगेका छन्, जिबी राइलाई ठगेका छन् , विगतका आफ्नै परिवारका सदस्य र मित्रहरूलाई ठगेका छन्, आफ्ना व्यापारिक साझेदारहरूलाई ठगेका छन् र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका नेतागण , सदस्य र शुभचिन्तकलाई ठगेका छन् । अझ बढी, रास्वपालाई भोट हाल्ने ११,३०,३४४ मतदातालाई ठगेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved