डिकेन्द्र बस्नेत, झापा । पाँचथरको रवीबाट दमकमा आएर अर्गानिक तरकारी व्यापार गर्दै आएका व्यवसायी दम्पत्तीले दमकमा रवि अर्गानिक भान्सा घर औपचारिक रुपमा सञ्चालन गरेका छन् । यसअघि सामान्य रुपमा सञ्चालन गर्दै आएको रवी अर्गानिक भान्सा घरलाई थप व्यवस्थित र आकर्षक सजावटसहित सञ्चालनमा ल्याएका हुन् ।
पाँचथर रविका कविन्द्र राई र कविता बान्तवा राईको दम्पत्तीले दमकको मिसाल बजार नजिकै रहेको घरको दोश्रो तलामा शुरु गरेको यो भान्सा घरको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठको प्रमुख उपस्थितीमा औपचारिक उदघाटन गरिएको छ ।
व्यवसायी नेता श्रेष्ठ र होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगालले संयुक्त रुपमा सोको उदघाटन गर्दै अहिलेको आर्थिक मन्दिको प्रभावका बीच शुरु भएको व्यवसायले सकारात्मक सन्देश दिने उल्लेख गरे । चुनौतीका बीच गरिने व्यवसायलेनै व्यवसायिक सफलता दिलाउने विश्वाससहित आफूले रवि अग्र्यानिक भान्सा घर शुरु गरेको जानकारी दिइन् ।
यसअघि दमककै पुरानो सब्जी बजार नजिकै अर्गानिक तरकारी व्यापार गर्दै आएकी राईले उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर अर्गानिक खाजा तथा अन्य खानेकुराहरु उपलब्ध गराउने गरि रवि अर्गानिक भान्सा घर शुरु गरिएको बताइन् ।
सो भान्सा घरमा मकै, कोदो, आलु, स्कूस, हरियो चिया पत्ती लगायतका विभिन्न रैथाने कृषि उपजहरुबाट बनाइएका स्वस्थकर खानेकुराहरुलाई अर्गानिक तवरबाट पकाएर बनाइएका विभिन्न परिकारका खानेकुराहरु उपलब्ध रहेका छन् ।
त्यहाँ रहेको हरेक टेबुलमा साउदि, अमेरिका, अस्ट्रेलिया लगायत विभित्र देशका नामहरु अंकित गरिएको छ । यस्तै मामाघर, माइती र ससुराली भनि छुट्टै बस्ने स्थान राखिएको छ ।
